हिमाल घलेले कसलाई बोलाउँदै छन ‘बेसी बेलघारी’ ? (म्युजीक भिडियो)

...

चैत, काठमाडौं । पुराना गायक हिमाल घलेको स्वरमा ‘बेसी बेलघारी’ बोलको लोक दोहोरी गीत बजारमा आएको छ । गायक हिमालको साथमा निता गुरुङको स्वर रहेको सो गीतमा वेसी बेलघारी भेट्ने कुरा गरीएको छ ।
Himal ghaleमायाप्रेमको कथा जोडिएको लोकगीतमा रेशम गुरुङ र दिपेन्द्र गुरुङले गीतमा लय भरेका छन् भने शब्द प्रदिप अधिकारीले लेखेका छन् भने भिडियोलाई बब्बु थापाले निर्देशन गरेका हुन् । भिडियोको छायांकन दुगौं पौडेल र पवन गौतमले गरेका हुन् भने सम्पादन मिलन बि.कले गरेका हुन् । भिडियोमा नरेश र रिनाको अभिनय रहेको छ । गीत शुष्मा म्युजीक प्रा.लीद्धारा बजारमा आएको हो ।

गीतका गायक हिमाल घलेले यस भन्दा अघि करिब ४ सय गीत बजारमा ल्याइसकेका छन् । बि.सं २०५३ सालमा रेडियो नेपालबाट भ्वाइस टेस्ट पास गरेका हिमालले बि.सं. २०५४ सालमा पहिलो एल्बम निकालेका थिए । हिमाललाई गायक हिमाल घले भनेर चिनाउने उनको पहिलो गीत काठे पुलैमा हो जुन अत्यधिक लोकप्रिय भएको थियो ।

Video: