चैत, काठमाडौं । पछिल्लो समय कलाकारहरुको चल्ने आधार स्टेज कार्यक्रम भएको कारण पनि बजारमा स्टेजलाई केन्द्रित गर्दै गीतहरु आईरहेका छन् । साथै युट्युवमा कस्ता प्रकारका भिडियो हेर्छन् त्यस्तै भिडियो बनाउन पर्छ भन्नेहरु पनि प्रसस्तै भेटिन्छन् ।
नेपाली लोकगीतको क्षेत्रमा पछिल्लो समय बिकृती फैलिदै गएको र नामको मात्र लोकगीत तर गीतमा इंग्लिस पनि मिसिएको कलाकारहरुले नै प्रतिक्रिया दिँदै आएका छन् । यसैबिच गायिका जुना श्रीष मगरको एक लोक गीत बजारमा आएको छ जुन गीतले नेपाली लाकेगीतको पहिचान बोकेको देखिन्छ ।
संगम डिजिटलले बजारमा ल्याएको ‘आधीबाटो’ गीतमा चर्चित संगीतकार सागर बिरहीको लय, शब्द तथा एरेन्ज रहेको छ । नेपाली लोकगीतलाई बचाउँनु पर्छ भन्दै आएका संगीतकार सागर बिरहीले गीतमा मिठा शब्द भरेका छन् । जसमा जुना श्रीष मगरको सुमधुर स्वर रहेको छ । भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् भने हरिश महराले सम्पादन गरेका छन् । भिडियोमा दुर्गेश थापा र देवा घर्ति मगरको अभिनय रहेको छ ।