उपन्यासमाथि बनेको फिल्म ‘शिरीषको फूल’ जापानमा रिलिज

...

बैशाख, काठमाडौं । पारिजातको चर्चित उपन्यासमाथि बनेको फिल्म ‘शिरीषको फूल’ जापानमा रिलिज भएको छ । दोस्रो विश्वयुद्धको बर्मा मोर्चामा नेपालीले देखाएको बहादुरी र निराश सिपाहीको असफल प्रेमकथा समेटिएको फिल्म ‘शिरीषको फूल’ जापानमा शनिबारदेखि साढे दुई साता नियमित प्रदर्शन हुने गरी मध्य टोकियोको शिवुयास्थित युरो लाइफ हलमा प्रदर्शन भैरहेको छ ।
sirisko fulजापानी निर्देशक डा तोशिआकी इतोहले सन् २०१२ मा यो चलचित्र बनाएका थिए । रिलिज समारोहमा निर्देशक डा. तोशिआकीले वर्षौं लाएर पारिजातको कृति अनुसन्धान गरेपछि मात्रै फिल्म निर्माण गरेको सुनाए ।

जापानको पब्लिक थिएटरमा नेपाली फिल्म रिलिज भएको यो पहिलो हो ।