जेठ, काठमाडौं । गीत तथा संगीतको उत्थान र कलाकारको हक हितका लागि स्थापना भएको राष्ट्रिय सांस्कृतिक संघले आईतबार नाचघर जमलमा ”स्मृति सांस्कृतिक सांझ तथा स्रष्टा सम्मान कार्यक्रम २०७३” सम्पन्न गरेको छ।कार्यक्रममा सुचना तथा संचार मन्त्री शेरधन राईले सांगितक क्षेत्रमा योगदान दिने स्रष्टा हरुको सम्मान गरेका थिए।
केही समय अघि विन्दवासिनी म्युजिक अवार्ड जित्न सफल लोक गायक अमृत खातीको संयोजकत्वमा आयोजनामा भएको कार्यक्रममा वरिष्ठ समाजसेवी गोविन्द बहादुर खड्का, वरिष्ठ संगीतकार वसन्त सापकोटा,वरिष्ठ गायक सुगम पोखरेल तथा रेशम थापा,वरिष्ठ कलाकार लक्ष्मण विक्रम बस्नेत तथा नायिका करिश्मा मानन्धर लाई सम्मान गरिएको थियो।
–
कार्यक्रममा अहिलेका चर्चित गायक प्रकाश कटुवाल,स्मृति शाही,जिवन परियार, कुमार कार्की,साजन राई का साथमा अन्य कलाकारहरुले पनि रोचक सांगितिक प्रस्तुति दिएका थिए।
–
कार्यक्रमको व्यवस्थापकको रुपमा रहेका रमेश दुलालले सांगीतिक तथा कलाकारीता क्षेत्रका सर्जकहरुको प्रोत्साहन गर्ने उद्देश्य ले यो कार्यक्रम आयोजना गरेको बताएका छन् । सांस्कृतिक तथा सांगितिक उत्थानका लागि अघि बढिरहेका उनले यस अघि पनि थुप्रै स्टेज प्रोगामहरु गरिसकेका छन्।