ढाडे बिरालो टिमको यसपालीको तिजगीतः ‘छोटा लुगा लायौ भने बीचबाटैमा खोल्दीन्छु’

...

जेठ, काठमाडौं । नारीहरुको महान चाड तिज आउन अझै तिन महिना बाँकी छ तर कलाकारहरुलाई भने अब तिज लाग्न सुरु भईसकेको छ । तिज बिशेष गीत बजारमा ल्याउनका लागी कलाकारहरु यतिखेर कस्सिन थालीसकेका छन् । तिज आउनु करिब एक डेढ महिना अघिनै बजारमा गीतहरु पाइने गर्दछन् त्यसैका लागी कलाकारहरु यतिखेर गीत रेकर्ड तथा भिडियो मेकिंगमा व्यस्त हुन थालेका छन् ।
prakash katuwal, shree debi devkota , binod dhakal यस्तैक्रममा गतबर्ष ढाडे बिरालो बोलको गीत बजारमा ल्याएर चर्चा कमाएको यो टिमले फेरी यस बर्ष पनि तिज गीत बजारमा ल्याउने भएको छ । गतबर्ष बर्षको ढाडे बिरालो बोलको गीत बजारमा आएपछि बिवादीत बनेको यो गीत लाई मध्यनजर गर्दै अहिले पनि यो टिमले तिज गीतको रेकर्ड गरीसकेको छ ।

यसपाली पनि तिज गीतको टिममा गायक प्रकाश कटुवाल, गायिका श्रीदेवी देवकोटा र शब्द लेखक बिनोद ढकाल सक्रिए देखिएका छन् । गतबर्ष छोटा लुगा लगाएर तिज गीतमा नाँचेको भन्दै मोडल ज्योतीमगर सहितको बिषय निकै चर्चामा आएको थियो । यसपाली पनि छोटो लुगाकै बिषयलाई उठाईएको यस टिमको भनाई छ ।

शब्द लेखनमा सक्रिए बिनोद ढकालले यसपालीको तिज गीतमा संस्कृती का कुरा गर्नेले गुन्युचोली र दौरा सुरुवाल मात्र लगाउनु पर्ने आफुहरुको माग रहेको भन्ने गीत ल्याएको बताउँछन् । उनले आर्टिस्ट खबरसँग कुरा गर्दै भने, “यहाँ संस्कृतिका कुरा धेरै भए यदि संस्कृतिकै कुरा गर्ने हो भने गुन्युचोली र दौरा सुरुवाल मात्र लगाउनु पर्छ ।” साथै सर्जक ढकालले आफ्नो गल्ती लुकाउने र अर्काको कुरा काटदै हीडने लाई सजग हुन आग्रह समेत गरेका छन् । गीत काठमाडौंको मालश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड भईसकेको उनले बताए ।

त्यस्तै गीतका गायक प्रकाश कटुवालले पनि गीतले सन्देश सहितको मनोरञ्जन दिने बताए । पछिल्लो समय छोटा कपडा लगाउन नहुने भन्ने भनाई प्रति यसगीतले केहि बोल्न खोजेको कटुवालको भनाई छ । यसपालीको गीतपनि निकै रमाइलो हुने भन्दै दर्शकहरुलाई हेर्न तथा सुन्न आग्रह गरे ।

गीतमा समावेश शब्दको केहि अंशः

‘खोजे खोज भाउ
मन परेको लाउन पाउनु मेरो आफ्नै छ संस्कार
लामो लाए पाखे भन्छौ छोटो लाए बहीस्कार ,

गुन्यु चोली लाउ मैयाँ कुर्ता सुरुवाल लाउ
संस्कृती का कुरा गर्छौ देख्या कुरा बोल्दीन्छु
छोटा लुगा लायौ भने बीचबाटैमा खोल्दीन्छु

गुन्यु चोली लाउ
भनेको नमान्ने भा काशीतीर जाउ’