जेठ, काठमाडौं । बैशाख १२ गतेको भुकम्प पछि पराकम्पन आउने क्रम अझै पनि जारी रहेको छ । यसैक्रममा नेपालमा भुकम्पका कम्पनका कारण मानव जीवनमा भएको क्षती र अव्यवस्थालाई दृष्टिगत गरी शान्ति र सुरक्षित धरतीको कामना गर्दै सर्वादिष्ट शान्तिका निम्ति एक दिवसीय महायज्ञ सम्पन्न भएको छ ।
गएको आइतबार जडिबुटी नरेफाँटमा बैशाख १२ र २९ गते गएको महाभूकम्पमा परी ज्यान गुमाउनेहरु प्रति मृतकका आत्माका चीर शान्ति र घाइतेहरुको स्वास्थ्य लाभका लागि प्रार्थना समेत गरीयो । कार्यक्रममा बिभिन्न कलाकारहरु र स्थानियहरुको उल्लेखनीय उपस्थिती रहेको थियो । कार्यक्रममा क्षमा पुजा तथा स्वस्तिशान्ति गरीएको उक्त महायज्ञमा २१ पण्डितहरुबाट पुजापाठ र यज्ञ, होमादी समेत गरीएको आयोजक शिवहरी आचार्यले बताउनु भयो ।
नरेफाँटको मनोहरा महादेव मन्दिर व्यवस्थापन समितिको आयोजनामा भएको महायज्ञमा कलाकारहरु मदनकृष्ण श्रेष्ठ, राजाराम पौडेल, जितु नेपाल, शिबहरी आचार्य, किरण के सि, शिवहरी पौडेल, मनोज आचार्य, दिपकराज गिरी, दिपा श्री निरौला, केदार घिमिरे र स्थानियहरुको बाक्लो उपस्थिती रहेको थियो ।
For more Image Click Here