कलाकारहरुलाई तिजमा भ्याई नभ्याई (फोटो फिचर)

...

birahi karki , sarita karki and ramesh dulalभदौ, काठमाडौं । नेपाली महिलाहरुको महानचाड हरितालिका तिज आउन केहिदिन मात्र बाँकी छ । यससँगै चारेतिर तिजको माहोल छाएको छ । पसलहरुमा तिजका गितहरु घन्किन थालेका छन् । बिभिन्न ठाउँमा तिजबिशेष कार्यक्रमहरु भईरहेका छन् । यसका साथै तिजको बेला कलाकारहरु पनि भ्याई नभ्याईको अवस्थामा छन् ।

महिलाहरुको चाड भनिएतापनि महिला कलाकार सँगै पुरुषकलाकारहरु पनि उत्तिकै व्यस्त छन् । तिजमा गित बजारमा ल्याउने र तिनै गितहरु बिभिन्न कार्यक्रममा प्रस्तुत गर्न यतिखेर थुप्रै कलाकारहरु व्यस्त छन् । काठमाडौं जिल्ला र काठमाडौं बाहिरका कार्यक्रम, त्यसैगरी देश बाहिर पनि तिज बिशेष कार्यक्रममा हाँस्य कलाकार, लोकदोहोरी कलाकारहरु निकै व्यस्त छन् ।

teej program of sangeet karmi sangha kathmanduभदौ २६ अर्थात शनिबारको दिन पनि उपत्यका भित्रै पनि थुप्रै कार्यक्रमहरु भए । शनिबारको कुरा गर्दा भक्तपुरको सुर्यबिनायकमा भएको एक तिज बिशेष कार्यक्रममा गायक बिरही कार्की, गायिका सरिता कार्की, एलिना दुलाल र रमेश दुलालको उपस्थिती थियो । दिनमै पाँच कार्यक्रममा पुग्नुपर्ने व्यस्तता जनाउँदै कलाकारहरु आफ्नो प्रस्तुती दिएर निस्किएका थिए । कार्यक्रममा बिरही कार्कीले आफ्नो गित सुनाएर मनोरञ्जन दिएका थिए भने गायिका सरिता कार्की र एलिना दुलालले आफ्नो तिजको कोसेली तिज गित सुनाएका थिए । साथै फरक शैलीका कलाकार रमेश दुलालले आफ्नो स्वरको जादुले सबैलाई चकित बनाएका थिए । कलाकार दुलालले मुख बाटै बिभिन्न बाजाका ताल, जनावरको आवाज र चराचुरुगींको आवाज निकालेर मनोरञ्जन दिएका थिए ।

program (1)शनिबारनै काठमाडौंको नेपालटारमा संगितकर्मि संघले तिज बिशेष कार्यक्रम सम्पन्न गर्यो । कलाकारहरुको हकहितका लागि अग्रसर संस्था संगितकर्मि संघले तिज दर्जन कलाकारका साथमा कार्यक्रम गर्यो । कार्यक्रममा पुराना तथा चर्चित कलाकार तथा मोडलहरुको उपस्थिती थियो ।

ramesh dulal in nepaltar teej program

त्यस्तै (आज) आईतबार नेपालटारमै भएको अर्को तिज बिशेष कार्यक्रममा पनि कलाकारहरु व्यस्त थिए । नेपालटारको ग्रामिण आदर्श कलेज प्रांगणमा भएको कार्यक्रममा लोकगायक तथा हाँस्य कलाकारहरु उपस्थित थिए । साथै सोमबार बालाजुमा रहेको बालाजी व्यंक्येट हलमा संगितकर्मि संघको आयोजनामा बिभिन्न चर्चित कलाकारहरुको साथमा बृहत तिज बिशेष कार्यक्रम हुँदैछ । जुन कार्यक्रममो मिडिया पार्टनर आर्टिस्ट खबर डटकम रहेको छ ।

resham thapa singerdurgesh thapa

gramin adarsha multiple college

birahi karki sarita karki and ramesh dulal

teej program 2014

birahi karki