पोई चाहियो भन्ने लास्टै चोटी हो भनेपछि कोमलको बिरोध गर्ने कसले ?

...

साउन, काठमाडौं । यतिखेर गायिका कोमल वलीको तिज गीत ‘लास्टै चोटी हो’ ले बजार तताईरहेको छ । केहि बर्ष अघि पोइला जान पामबाट अझ निकै चर्चामा आएकी कोमल फेरी यसबर्ष पनि चर्चामै छिन् ।
komal oli new song -‘पोई चाहियो भनेर गीत गाउने मेरो लास्टै चोटी हो’ भन्दै गीतमा रमाइला शब्द प्रयोग गरेर ल्याइएको यस गीत यतिखेर बजारमा निकै चर्चामा छ । चर्चित गायक पशुपति शर्माले लय शब्द भरेको यस गीतमा स्वरमा कोमल वलीलाई पशुपतिले नै साथ दिएका छन् ।

केहि बर्ष अघिको तिजमा ‘पोइला जान पाम् पाम् पाम्’ भन्ने गीत निकाल्दा त्यो समयमा कोमलको बिरोध पनि आएको थियो । महिलाहरुको अपमान गरेको भन्दै बिभिन्न महिलाहरु तथा संस्थाले बिरोध जनाएका थिए । त्यस पश्चात गायिका कोमल वलीले यस प्रकारको गीत निकालेकी थिइनन् तर अहिले कोमलले त्यहि गीतलाई सम्झना गराउने गरी ‘चास्टै चोटी हो’ बोलको गीत निकालीन् जसमा पनि कामेलले पोई चाहियो भनेकी छिन् तर गीतमा अन्तिम पटक भनिएकोले यसलाई बिरोध गर्ने कसले ?
pasupati and komal oliगीतमा सन्देश मुलक शब्दहरु राखिएकोले पनि बिरोध गर्ने खालको बनेको देखिदैन त्यसैले पनि कोमल र पशुपतिको तारिफ पनि गरीएको छ । भिडियो सार्वजनिक भएपछि एक सातामै ८ लाख भन्दा बढी पटक हेरीसकिएको यो भिडियोमा राम्रो प्रतिक्रियाहरु धेरै आएका छन्् ।

उक्त गीतको भिडियो हेर्न सक्नुहुनेछ ।