साउन, काठमाडौं । यहि साउन १५ गते हुने चलचित्र निर्देशक समाजको नयाँ पदाधिकारीको निर्वाचनका लागी यतिखेर संस्था भित्र दौडधुप चलिरहेको छ । चुनाव आउन एक दिनमात्र बाँकी रहँदा उम्मेदवारहरुको भेटघाट र हाईहेल्लो निकै देखिएको छ ।
यसैबिच चलचित्र निर्देशक समाजको नयाँ पदाधिकारीको चयनका लागी अध्यक्ष पदको प्रत्यासी निर्देशक सुचित्रा श्रेष्ठ पनि निकै दौडधुपमा छिन् । पहिलो महिला निर्देशक र अहिलेसम्म करिब आधा दर्जन चलचित्र निर्देशन गरीसकेकी सुचित्राले आफुले चुनाव जित्नेमा विश्वस्त रहेको बताएकी छिन् । ‘संस्थालाई चलाउनका लागी संस्थामा अध्यक्ष भएर आउनका लागी म सँग अन्य साथीहरु पनि हुनुहुन्छ, हामीमा जो आएपनि संस्थालाई कसरी हाँक्ने भनेर बुझेको मान्छे आउनुपर्छ’, उनले आर्टिस्ट खबरसँग कुरा गर्दै भनिन् ।
–
सम्पुर्ण निर्देशकहरुको एकमात्र संस्था बनाउने छु
निर्देशक समाजमा बिगत लामो समय देखि आएका कमि कमजोरीहरु पनि छन् त्यस्ता कमजोरीहरुलाई हटाउने, साथै नेपालमा भएका जतिपनि निर्देशकहरु हुनुहुन्छ उहाँहरु सम्पुर्ण निर्देशकको एकमात्र संस्था बनाएर अगाडि बढाउने उद्देश्यका साथमा लागिरहेकी छु । हेरौं साथीहरुको हातमा छ के गर्नुहुन्छ । म अध्यक्षको पदमा जान पाउँ भन्ने मात्र मेरो उद्देश्य होइन, त्यहाँ गईसकेपछि संस्थालाई माथि उठाउनका लागी नै मैले उम्मेदवारी दिएकी हुँ ।
–
संस्थापक सदस्य हुँ, निरन्तर संस्थाकै लागी लडिरहेकी छु
म आफ्नो एजेण्डामा अडिक छु, म आउनै पर्ने कारण भनेको म निर्देशक समाजको संस्थापक सदस्य पनि हुँ । म बि.सं. २०५८ सालदेखी निरन्तर संस्थामै छु । बि.सं २०६० सालमा भएको निर्वाचनको चुनावमा कार्यसमितिमा लड्न पाइन किनकी त्यो बेलामा मेरो चलचित्र सेन्सर भएको थिएन । चलचित्र सेन्सर भएपछि पनि म निरन्तर संस्थामै छु र आज म अध्यक्षमा लडिरहँदा म हुनै पर्छ भन्ने नि छैन, म मिराकल पनि हैन, मलाई टिम चाहिन्छ, राम्रो काम गर्नका लागी राम्रो टिम चाहिन्छ । र आजसम्म काम गरेको हिसाब र अन्य संस्थामा रहेर काम गरेको हिसाबले पनि मैले संस्था लाई माथि उठाउन सक्छु भन्ने विस्वस्त छु ।
बिशेष योजना भनेको युवाहरु हो
चलचित्र निर्देशक समाजलाई अन्तराष्ट्रियकरणमा स्थापित गर्ने, युवाहरुको जनशक्ति ल्याउने र अहिले सम्म जतिपनि आशलाग्दा निर्देशकहरु हुनुहुन्छ उहाँहरुलाई टिममा ल्याएर संस्था बलियो बनाउने मेरो पहिलो उद्देश्य हो ।
–
महिला भनेर महिलाका लागी मात्र गर्छु भन्ने होइन
म महिला निर्देशक हुँ भनेर महिलाका लागी मात्र गर्छु भन्ने होइन । निर्देशनमा आउनु भएका र आउन चाहानेहरुका लागी भुमिका पक्कै पनि खेल्नेछु । चाहे पुरुष हुन सक्नुहुन्छ चाहे महिला हुनसक्नुहुन्छ, निर्देशकहरुका लागी गर्नेछु ।
निर्देशक सुचित्रा श्रेष्ठसँग आर्टिस्ट खबर डटकमले गरेको भिडियो कुराकानी हेर्नुहोस् ।