क्रेन भाँचिदा छायांकार पवन गौतम घाईते

...

paban-gautam-ghaiteसाउन, काठमाडौं । फिल्म गुनगुनको छायांकनको क्रममा क्रेन भाँचिदा छायांकार पवन गौतम घाईते भएका छन् । बिहिबार काठमाण्डौको अनमानगरमा भईरहेको छायांकनमा १७ फिट माथिको क्रेन एक्कासी भाँचिएर दुर्घटना भएको हो । गौतमको गर्दनमा चोट लागेको छ भने उनको हाल काठमाण्डौ मोडेल अस्पतालमा उपचार भैरहेको छ ।

दुर्घटनाबाट प्रयोग भईरहेको रेड क्यामेरा पनि फुटेको छ । पुकार भट्टराइले निर्देशन गरिरहेको यो चलचित्रमा सुवास मेचे र नायिका संचिता लुइटेल दृश्यमा अभिनय गरिरहेका थिए ।