क्यारेङ ग्याङ रिटन्र्स आउँदै

...

साउन, काठमाडौं । क्यारेङ ग्याङ दुई आएको सात वर्ष पछि क्यारेङ ग्याङ रिटन्र्स आउने भएको छ । मधु क्षेत्री र लिजा तामाङले निर्माण गर्न लागेको क्यारेङ ग्याङ रिटन्र्समा राजु लामाको कथा र निर्देशन रहेने भएको छ ।
carand gang returnsलिजा लक्ष्मी मुभीको छैटौ प्रस्तुतीका रुपमा रहेको क्यारेङ ग्याङ रिटन्र्समा ७ वर्ष पछि अजु लामा नयाँ गेट अपमा देखा पर्न लागेको निर्देशक राजु लामाले बताए ।


संवाद, पटकथा लक्ष्मी खड्का तामाङ, राजु किरातको द्वन्द्व रहेको यो चलचित्रमा सारीका घिमिरे, अजु लामा, सन्ध्या महर्जनको मुख्य भुमिका निश्चित भइसकेको छ भने राजेश हमालसँग पनि कन्र्फम जस्तै भएको र अन्य कलाकारसँग कुरा भइरहेको लामाले जनाए ।


कलाकारले अहिले उसु मार्शल आर्ट र जिमन्यास्टीक कम्फुलगायतका टे«निङ गरिरहेका छन् भने चलचित्रमा पाँच गीत समावेश गर्न लागिएको छ । जसमध्ये ‘भ्याकेन्सी खाली छ…..’, ‘दिल मायासँग दिल छैन…’ र ‘रातो भाले…’को रेकडिङ भइसकेको छ । माण्डवी क्रिपाठी, सञ्जु अमात्य, र मेलिना राईको स्वर, सञ्जु प्रलाद र गणेश सुवेदीको गीत, प्रलादभक्त संग्रौला, राजीव शाह र दीपक रमणको संगीत रहेको छ । चलचित्र मंसिरबाट फलोर जान लागेको छ ।

उसकै लागि हल्का हल्का मोडन भा की छु भन्दै संगीता
नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै जादा यतिवेला देश विदेशमा रहेका नेपाली महिलाहरुलाई तीज सम्बन्धी गीत दर्शक/स्रोतामाझ ल्याउन चटारो छ । यस्तैमा संगीता थापाको स्वरमा रहेको तीज गीत ‘चोली नि कसिलो लाउनु भन्यौ लाकी छु, उसकै लागी हल्का हल्का मोडन भा की छु…’ सार्वजनिक भएको छ । दिनेशराज पुरीको शब्द र लय, दीपक शर्माको संगीत रहेको यो गीतको सम्पूर्ण छायाँकन दक्षिण कोरियामा गरिएको छ ।

dami video song
दक्षिण कोरियामा महिला भिडियो निर्देशकको छुट्टैं पहिचान बनाएकी अलिसा मोडलिंगमा पनि जमेकी छिन् यो गीतमा । द म्युजिक ग्यालरीले बजार प्रर्वद्धन गरेको यो गीतको छायांकन कमल ओलीले गरेका हुन् । अलिसा सिंहको निर्देशन रहेको यो भिडियोमा अलिसाको साथमा कोरियमा रहेका दिदिबहिनीहरुले अभिनय गरेका छन् भने सम्पादन जीवन शाहीले गरेका हुन् ।

६ वर्ष देखि निरन्त गीत संगीतमा लागेकी संगीताले छिट्टै नै गजल एल्बम ल्याउँदै छिन् । जसमा उनले जुधाएर नजर ति बदामी तिमीले लगायत पाँच गीत समावेश गरेकी छन् । राजधानीको पिके र आरके क्याम्पसमा संगीतकी विधार्थी रहिसकेकी संगीता सबै खालका गीत मन पर्ने र गाउने बताउँछिन् । उनले एल्बम टुगेदरमा रहेको गीत ‘दम छैन..’ भुपु पाण्डेसँग मिलेर केही समय पहिला दर्शक÷स्रोता माझ ल्याएकी थिइन जसले राम्रै चर्चा पाएको थियो ।