‘छक्का पञ्जा’को ट्रेलर आयो, कमेडी सँगै रुवाउन पनि सक्छ (भिडियो)

...

साउन, काठमाडौं । हाँस्य कलाकारहरुको बाहुल्यता भएको फिल्म ‘छक्का पञ्जा’को ट्रेलर सार्वजनिक गरीएको छ । कलाकार दिपाश्री निरौलाले निर्देशन गरेको यस फिल्ममा धेरै हाँस्य कलाकारहरुले अभिनय गरेका छन् । कमेडी कलाकारहरुले नै बनाएको यस फिल्मको ट्रेलर हेर्दा निर्क हँसाउनुका साथै रुवाउन पनि सक्ने देखिन्छ । ट्रेलरमा कमेडी सम्वादहरु आकर्षक रुपमा राखिएको छ ।
chhaka panja nepali movieटेलिभिजनको पर्दामा हँसाउँदै आएका कलाकारहरुको फिल्म भएकोले पनि दर्शकहरु एकपटक हलसम्म पुगेर फिल्म हेर्न सक्ने बुझ्न सकिन्छ । यसभन्दा अघि पनि ‘छक्का पञ्जा’कै टिमले २ फिल्म ६ एकान ६ र वडा नं. ६ बनाईसकेको छ जसलाई दर्शकले निकै मन पराएका थिए । अहिले पनि छक्का पञ्जा चलाएर निर्माता दिपकराज गिरीले ह्याट्रिक गर्ने सोचमा रहेको देखिन्छ ।

फिल्ममा कलाकार दिपक राज गिरी, दिपा श्री निरौला, जितु नेपाल, केदार घिमिरे, शिवहरी पौडेल, वुद्धी तामाङ, प्रियंका कार्की, नम्रता सापकोटा र बर्षा राउत लगायतको अभिनय देख्न सकिन्छ ।


भदौ २४ गतेबाट प्रदर्शन आउने यस फिल्ममा दिपकराज गिरी, दीपाश्री निरौला, निर्मल शर्मा कुञ्जना घिमिरे, निशान बजगाँइ, सुमन गिरी, केदार घिमिरे, जीतु नेपालको लगानी छ ।