‘जय परशुराम’कोे प्रदर्शन रोक्न अदालतको आदेश, अर्को कम्पनीले हाल्यो यस्तो मुद्धा

...

साउन, काठमाडौं । यहि आउँदो शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जय परशुराम’को प्रदर्शन रोक्न पुनरावेदन अदालतले आदेश दिएको छ । रेदांश फिल्मस आर्ट र चलचित्र बिकास बोर्डलाई बिपरित बनाउँदै ‘ब्लाक चिल्ली आर्ट फिल्मस’ले मुद्दा हालेपछि फिल्मको रिलिज रोक्न आदेश जारी गरिएको हो ।
jai-parshuram-inब्लाक चिल्ली आर्ट फिल्मस्ले तीन बर्ष अघि चलचित्र बोर्डबाट ‘परशुराम’ नामको फिल्म बनाउने स्वीकृती पाएको थियो । तर बिकास बोर्डले चलचित्र निर्माण तथा प्रचार प्रसार सम्बन्धी नियम तोडेर रोज राणाले बनाएको जय परशुरामलाई अनुमती दिएको थियो ।

अहिले न्यायधिस जीवनहरि अधिकारिको एकल ईजालसले परशुराम नाम गरेको कुनै पनि फिल्म रिलिज र प्रचार नगर्न आदेश दिएको छ । तत्कालका लागि प्रदर्शन रोकेर अदालतले दुवै पक्षलाई मंसीर १ गते बहसका लागि बोलाएको छ ।


कुनै फिल्मको नामको अगाडी नयाँ शब्द थपेर फिल्म निर्माण गर्न पाईदैन । रोजले ‘परशुराम’को अगाडी नयाँ शब्द थपेर ‘जय परशुराम ‘बनाएका छन् ।

पुनरावेदन अदालतको फैसलाको पूर्णपाठ यस्तो छः
Jaya-Parsuram-1-1