‘जय परशुराम’को बिशेष शो देखाईयो, बिराजको गरीयो तारिफ

...

साउन, काठमाडौं । आज साउन २८ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘जय परशुराम’को सञ्चारकर्मिहरुका बिच बिशेष शो देखाईएको छ । फिल्म हेरीसकेपछि सञ्चारकर्मिहरुले अभिनेता बिराज भट्टको तारिफ गरे । पाँचबर्ष पनि नेपाली फिल्ममा कमब्याक भएका बिराजको अभिनय तथा एक्सनको पुनः तारिफ गरीएको हो । फिल्म पत्रकार तथा फिल्मकर्मिहरुका बिच आज राजधानीको कुमारीहलमा बिशेष शो गरीएको थियो । उक्त बिशेष शोमा अभिनेत्री निशा अधिकारी भने देखिएकी थिइनन् । उनी यतिखेर अमेरीका रहेकी छिन् ।
biraj bhatta - parasuram movie1शुक्रबार (आज) बाट देशभरका ८० वटा हलहरुमा एकसाथ प्रदर्शनमा आएको यस फिल्म राजधानीका केहि हलहरुमा हाउसफुल भएको बताइएको छ । लामोसमय पछि बिराज भट्टको एक्सन फिल्म हेर्न पाउँदा दर्शकहरुले मन पराइदिएको निर्माता तथा निर्देशक रोज राणाले बताए । राणाले आर्टिस्ट खबरलाई दिएको जानकारी अनुसार फिल्मको पहिलो दिनको पहिलो र दोस्रो शो अधिकांश हलहरु हाउसफुल भएको छ ।

biraj bhatta - parasuram movie1अभिनेता बिराज भट्ट र अभिनेत्री निशा अधिकारीको मुख्य भुमिका रहेको यस फिल्ममा भरिपुर्ण एक्सन रहेको देखिन्छ । प्रदर्शन हुनु अघि पुनरावेदन अदालतमा परेको मुद्धाका कारण फिल्म प्रदर्शन शो रोकिने भनिएको भएता पनि फिल्म प्रदर्शनमा आएको छ ।

biraj bhatta - parasuram movie1