भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो पहिलो महिनाको तलब धुर्मुस–सुन्तली फाउण्डेसनलाई सहयोग गर्ने घोषणा गरेका छन् । बिहान प्रधानमन्त्री निवास बालुवाटारमा धुर्मुस–सुन्तलीसँगको भेटमा प्रधानमन्त्रीले ‘भूकम्पपछि आएको मानवीय बिपत्तिलाई राहत दिन धुर्मुस सुन्तलीले चलाएको अभियान प्रशंसनीय रहेको भन्दै यस्तो सहयोगको घोषणा गरेको हुन् ।
देशभरी नै सकारात्मक सन्देश फैलाएको र उहाँहरुको काम प्रशंशनीय रहेको भन्दै आफु पनि सँगै रहेको भन्दै आफ्नो पहिलो महिनाको तलब सहयोग स्वरुप दिने निर्णय गरेको प्रम दाहालले बताए । प्रधानमन्त्री दाहालले कलाकारद्धय सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले निर्माण गरेको एकीकृत नमुना बस्तीलाई सरकारले प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।
–
प्रधानमन्त्री दाहालको तलब कति ?
प्रधानमन्त्री पुष्पकमल दाहालको तलब अहिले नयाँ आर्थिक बर्षमा बृद्धि भएसँगै ७७ हजार २ सय ८० रुपैँया पुगेको छ । प्रम दाहालले पहिलो महिनाको यहि रकम धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग गर्ने बताएका हुन् ।