निर्माता निरेन श्रेष्ठले बनाउँदैछन् तिन जनाको कथामा ‘3 monkeys’ फिल्म

...

भदौ, काठमाडौं । तिनजना फरक कलाकारहरुको कथामा ‘थ्रि मङ्किज’ फिल्म बन्ने भएको छ । निर्माता निरेन श्रेष्ठले हिमाल पहाड र तराई गरी तिन प्रतिनिधि पात्रहरुलाई लिएर फिल्म बनाउने भएका हुन् ।
niren shresthaकमेडीका साथै सन्देश मुलक कथामा बन्ने भनिएको यस फिल्ममा तिन कलाकारहरु रेशम फिरिरि, दिलिप तामाङ र सरोज केसीको मुख्य भुमिका रहने बताइएको छ । यी तिन मुख्य पात्रका साथमा नव नायिका सरिना बुर्लाकोटी लिड रोलमा रहनेछिन् । फिल्मलाई भाईराम श्रेष्ठले निर्देशन गर्दैछन् ।

फिल्मलाई सरोज केसीले लेखेका हुन् भने जनकराज अधिकारी फिल्मका कार्यकारी निर्माता तथा छायांकार रहनेछन् । ज्योति फिल्मस्को ब्यानरमा बन्ने यस फिल्मको अहिले वर्कसप चलिरहेको र भदौ १३ बाट छायांकन सुरु गरीने निर्माता निरेनले आर्टिस्ट खबरलाई जानकारी दिएका छन् ।