४२ लागिन् दिपा श्री निरौला

...

भदौ, काठमाडौं । हाँस्यकलाकार दिपा श्री निरौलाले आज आफ्नो ४२ औं जन्मदिन मनाउँदै छिन् । वि.स २०३२ साल भदौ ७ गते विराटनगरको कोशी अञ्चल अस्पतालमा माता गीतदेवीको कोखबाट जन्मिएकी दिपा श्री आजसम्म आउँदा नेपाली फिल्मीक्षेत्रमा एक किसिमको आफ्नो छुट्टै पहिचान बनाईसकेकी छिन् । दिपाश्री निरौला नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको तितो सत्य आएपछि अझ लोकिप्रिय बन्दै आएकि हुन् । पछिल्लो समय तितो सत्य बन्द भईसकेको छ ।

deepa shree niraulaदिपाश्रीले वि.स. २०४२ सालदेखि रंगमञ्चबाट आफ्नो रंगीन जीवन सुरु गरेकी हुन् । रंगमञ्चको दुनियामा हाँस्य कलाकार दिपकराज गिरीसँगको जोडिको रुपमा काम गर्दै आएकी दिपालाई अहिले पनि कत्तिले रियल जोडि भन्ने गर्दछन् । दिपक र दिपा धनिया र रामबिलाशको क्यारेक्टरबाट चर्चामा आएका थिए । अहिले सम्म आउँदा यो जोडि फिल्म निर्माण तर्फ लागीसकेको छ । दिपा श्रीले पछिल्लो समय फिल्म निर्देशन पनि गरीसकेकी छिन् । उनले निर्देशन गरेको फिल्म छक्का पञ्जा यहि भदौ २४ गतेबाट प्रदर्शनमा आउँदैछ ।