पहिलो महिला निर्देशक सुचित्राले हिन्दि फिल्म निर्देशन गर्ने, लिड रोलमा भारत र नेपालका कलाकार हुने

...

भदौ, काठमान्डौ । भारतीय कलाकार र नेपाली कलाकारहरु समाबेश गरी हिन्दि फिल्म ‘चक्र’ बन्ने भएको छ । नेपालका लागी सचित्रा श्रेष्ठ र भारतका लागि राजेश राजले निर्देशन गर्ने यस फिल्म ७५ प्रतिशत भारतमा र २५ प्रतिशत नेपालमा छांयाकन हुने राजधानिमा आयोजित एक कार्यक्रममा बताईयो ।

hindi movie chaktra by suchitra shrestha (1)कार्यक्रममा नेपाल चलचित्र संघकी अध्यक्ष तथा यसै चलचित्रकी निर्देशक सुचित्रा श्रेष्ठले चलचित्रमा समाबेश हुने कथालाई प्रस्तुत गर्नका लागी भारत र नेपालको रहन सहन नमिल्ने भएकाले भारतका निर्देशकलाई पनि निर्देशन गर्न अनुरोध गरीएको बताइन् । उनले यस चलचित्र निर्माणका लागी आफुलाई सांढे चार बर्ष अघि नै निर्माता अनवार राजले प्रस्ताव गरेको र त्यो समयमा आफुलाई केहि कुरा चित्त नबुझेकोले अहिले सहमति भएपनि आफुले यस चलचित्र निर्माण र निर्देशन गर्न लागेको पनि बताईन् ।

suchitra shrestha - Nepali female directorअनवार राज र सुचित्रा श्रेष्ठकै निर्माणमा बन्न लागेको यस चलचित्रको लागी मुख्य भुमिकामा रहने नायक र नायिका मध्ये एक नेपाली रहने बताईएको छ । नायक र नायिका भने को हुने भन्ने बारेमा भने खुलाईएको छैन । करिव १३ बरोड लगानिमा बन्न लागेको चलचित्रलाई शशी कुमारले लेखेका हुन् । चलचित्रको छांयाकन भने लक्ष्मि पुजाको दिनमा शुभ मुहर्त गरेर सुभारम्भ गरिने बताईएको छ ।
hindi movie chaktra by suchitra shresthaचलचित्र घोषणा कार्यक्रममा बोल्दै नेपाल चलचित्र बिकाश बोर्डका अध्यक्ष राजकुमार राईले यस चलचित्र सुभारम्भ गरेकोमा आफुलाई खुसि लागेको र चलचित्र राम्रो बनाउनको लागी आग्रह समेत गरे ।
director rajesh raj in nepal कार्यक्रममा बोल्दै चलचित्रका निर्देशक राजेश राजले यस चलचित्रले नेपाल र भारतको सम्बन्धलाई पनि अझ प्रगाढ बनाउने बताए ।
hindi movie chaktra by suchitra shresthaनेपालकी पहिलो निर्देशक सुचित्राले ‘प्रेमयुद्ध’ बाट आफ्नो निर्देशनको यात्रा सुरु गरेकी हुन् । त्यसपछि उनले ‘को कसको’ चलचित्र निर्देशन गरीन् भने बिचको केहि लामो ग्याप पछि पुनः फिल्म निर्देशन गर्न लागेकी हुन् । सुचित्राले भर्खरमात्र नेपाल चलचित्र निर्देशक संघको निर्वाचनमा अत्यधिक मत ल्याइन् अध्यक्षको पद सम्हालेकी छिन् ।