भदौ, काठमाडौं । नेपाली चलचित्र क्षेत्रकी पछिल्लो समयकी व्यस्त नायिका प्रियंका कार्की यतिखेर देश बिदेशको दौडधुपमा छिन् । भर्खरमात्र अमेरीकाको बसाई पछि फर्किएकी प्रियंकाले आफ्नो पहिलो चलचित्रको बारेमा केहि कुरा खोलेकी छिन् ।
प्रिंयकाको पहिलो चलचित्र ‘महादेवी’ हो । उनी सात बर्षको उमेरमा पहिलो चलचित्रमा अभिनय गर्न पाएको बताइन् । पहिलो चलचित्रको पारिश्रमिक कति पाउनु भयो भन्ने एक रेडियो कार्यक्रमको प्रश्नमा उनले आफुले पहिलो चलचित्रमा खेलेबापत चकलेट र गुडिया पाएकोे बताइन् । त्यो बेलामा बालकलाकारको अभिनय गरेको र अवसर पाएको भन्दै हाँस्दै उनले गुडिया पाएको बताएकी हुन् । उनले आफ्नो पहिलो कमाइ भनेको नै त्यहि गुडिया र चकलेट भएको बताइन् ।
–
प्रियंका यतिखेर भदौ २४ मा लाग्ने चलचित्र ‘छक्का पञ्जा’को प्रमोशनमा चलचित्र युनिट सँग ब्यस्त छिन् ।