भदौ, काठमाडौं । कलाकारीताको क्षेत्रमा लामोसमय देखी नाम कमाउँदै आएका कलाकार जोडीद्धय महले पनि पुनः फिल्म बनाउँने भएका छन् । कमेडी जनरामा बन्ने फिल्म अब आठ महिनापछि छायांकनमा जाने महका हरीबंश आचार्यले आर्टिस्ट खबरलाई जानकारी दिए ।
लामोसमय फिल्म क्षेत्रबाट टाढा रहेको यो जोडीले कमेडी जनराको फिल्म ल्याउने र दर्शककै माग अनुरुपको बनाउने बताएका छन् । अहिले फिल्मको स्क्रिप्टको काम भइरहेको कलाकार आचार्यले बताएका छन् । फिल्ममा मुख्य भुमिकामा मह जोड मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य नै हुने बताइएको छ ।