दर्शकलाई माग्नेबुढाको सन्देश- ‘म निको भइसकेँ चिन्ता नलिनुस्’

...

असोज, काठमाडौं । आर्टिस्ट केदार घिमिरे अर्थात ‘माग्ने बुढा’ले आफ्ना दर्शकहरुलाई आफु लगभग निको भएको सन्देश दिएका छन् । आफ्नो स्वास्थ्यस्थितीको बारेमा बुझ्न चाहाने र चिन्तित रहेका दर्शकहरुलाई आफ्नो बारेमा मिडियामा आएका समाचार जत्तिकै सिकिस्तै नभएको भन्दै निको भएको बताएका हुन् ।

kedar-ghimire-magne-budaडिप्रेशनको कारण रेष्टमा रहेको भन्ने समाचार दर्शकले थाहा पाएपछि दर्शकहरुले आफ्नो बारेमा धेरैले जान्न चाहेकोले यस्तो सन्देश दिएको आर्टिस्ट केदारले बताएका छन् । उनले आफु धेरै नै निको भएको तर पहिलाको जस्तो पुर्ण रुपमा चाँहि बाहिर हिड्न नहुने भएकोले अझै केहि समय रेष्ट गर्नुपर्ने बताएका छन् ।

चलचित्र छक्का पञ्जाको सफलतापछि एक दिन हलमा देखिएका थिए । नायिका प्रियंका कार्की र निर्देशक दिपा श्री निरौलाको चुम्बनको बिषयले मिडिया समेत तताएको थियो । साथै उनले आफ्नो ‘मन्त्रीको सालो गीतको भिडियोको पनि छायांकन गरेका छन् ।