गोपिकृष्ण/ असोज, काठमाडौं । देशले कलाकार भनेर कसैलाई उपमा दिन्छ भने उसले पनि देशका लागी केहि गर्नुपर्छ । आममानिसलाई कलाकारले बोलेका कुरा, कलाकारले गरेका कुरा सत्य लाग्छ, अझ कलाकारहरुका कुरालाई आम मानिसले साथ दिन्छन् । कलाकार भनेर देशले नै मानेपछि कलाकारले पनि देशका लागी केहि गर्नुपर्ने दायित्व पक्कै पनि रहन्छ ।
गायक मिलन लामा भन्ने बित्तिकै हामी उनका केहि चर्चित गीत सम्झन्छौं । ‘माझी दाई पोखरा फेवा तालको’, ‘जुम्ला कालीकोटको’ लगायतका निकै चर्चित गीत दिएका गायक मिलन लामालाई पर्यटन प्रबद्र्धनात्मक गायक भन्दा पनि फरक नपर्ला । उनका अधिकांश गीतहरु पर्यटनसँग सम्बन्धित हुन्छन् । नेपालका कुनै पनि कुनाका ठाउँ, जुन ठाउँ पर्यटकिय छन् ति ठाउँमा मिलनका आँखा गएका हुन्छन् । उनी त्यो ठाउँको बारेमा अध्ययन गर्दछन् अनि गीत मार्फत सबैलाई त्यसै ठाउँको बारेमा जानकारी गराउँछन् ।
–
किन लागिपरीरहेका छन् देशको पर्यटन प्रबद्र्धनमा ?
गायक मिलन लामाले गाएका गीतहरु मध्ये धेरै लोकगीत छन् । उनले गाएका अधिकांश गीत देशको पर्यटन प्रबद्र्धनमा जोड दिने भएकोले पनि अप्रत्यक्ष रुपमा भएपनि देशलाई ठुलो फाइदा पुगेको देखिन्छ । उनको अत्यधिक चर्चित गीत माझी दाई पोखरा फेवातालको अहिले पनि उत्तिकै सुन्ने गरीन्छ । पोखराको बारेमा बनाइएको गीत सुनेपछि धेरैले पोखराको बारेमा जान्ने मौका पाए । उनको गीत सुनेर र भिडियो हेरेर पनि धेरै पोखरा घुम्न गए । त्यसैगरी बाटो खुल्यो मोटर गुड्यो जुम्ला कालीकाटेको बोलको गीतले गर्दा पनि धेरैलाई जुम्लाको बारेमा थाहा भयो । यस्तै उनले पर्यटन बर्ष २०११ मा पर्यटकहरुलाई नेपालमा बोलाउनका लागी नेपालमा पनि धेरै रमणीय पर्यटन क्षेत्रहरु छन् भन्ने हेतुले ओइलकम टु नेपाल मेड इन नेपाल गीत बनाएका थिए । जुन गीत पनि निकै सुन्ने गरीएको छ । साथै उनले पर्वतको बाच्छा गाउँमा , साईकल चढेर आउँ माया घुम्नलाई टाँढी झरेर लगायत थुप्रै पर्यटन प्रबद्र्धनमा जोड दिने गीत बनाएका छन् ।
–
केहि समय अगाडी गायक मिलन लामासँग आर्टिस्ट खबरले पर्यटन प्रबद्र्धनमै जोड दिनुको कारण के भनेर सोध्दा उनले यस्तो बताएका थिए- “कलाकारलाई देशको गहना भनिन्छ, गायकले देश बिदेशसम्म चिनाउने गीत निकाल्छन्, लाखौं करोडौं मानिसले त्यो गीत सुन्छन् यदि ति निकाल्ने गीतहरु देशको पर्यटनलाई जोड दिएर बनाइदिने हो भने देशमा पर्यटनको संख्या बढ्छ । थोरै धेरै जति भएपनि नेपालका ठाउँहरुको बारेमा थाहा नभएका मानिसहरुलाई थाहा हुन्छ । त्यसैले पनि मैले बढी पर्यटन क्षेत्रलाई जोड दिएर गीत गाउने गरेको छु ।”
गीतबाट शुन्य आम्दानी
आजभोलीको गीतसंगीतको बजार हेर्ने हो भने आम्दानीको कुरामा सुन्य नै देखिन्छ । बजारसम्म गीत निकाल्ने कुनै पनि सर्जकले गीत रेकर्ड र भिडियो तयार पारेर सबैकाम पुरा गर्नको लागी निकै कम भनेको पनि आधालाख खर्च भएको हुन्छ । जब बजारमा गीत निस्कन्छ त्यसको आम्दानी भनेको शुन्य नै भएको कलाकारहरु बताउँछन् । अहिलेको समयमा सिडी डिभिडी नबिक्ने र युट्युवमा राखेपछि धेरै हेरीयो भने मात्र केहि रकम आम्दानी हुने हुँदा मध्यम गीतहरुबाट लगभग शुन्य आम्दानी नै हुने बताउँछन् ।
–
गायक गायिकाहरुलाई यदि गीत चलेको खण्डमा बिभिन्न स्टेज कार्यक्रममा बोलाइएको खण्डमा त्यहाँबाट आम्दानी हुने र पछिल्लो समय गायक गायिकाहरुको आम्दानीको स्रोत यति मै सिमित रहेको देखिन्छ ।
–
सामाजिक कार्यमा पन सक्रिए
गायक मिलन लामा गीतसंगीतबाट देशलाई चिनाउन अग्रसर त रहेकै छन् त्यस सँगसँगै सामाजिक कार्यमा पनि सक्रिए छन् । दिनदुखीहरुलाई सहयोग गर्न सधैं एककदम अगाडि नै रहन चाहाने मिलनले बिभिन्न ठाउँका गरीब जनताहरुलाई बिभिन्न सामाग्रीहरुबाट सहयोग गरेका छन् । पछिल्लो समयको कुरा गर्दापनि मिलनले चितवनका चेपांङ समुदायका परिवारहरुलाई प्रवासमा रहेका नेपालहरुसँगको सहकार्यमा सोलार प्रदान गरेका थिए ।
–
ठमेलसँग जोडिएको गीत बजारमा
गायक मिलन लामाले यसैसाता मात्र पर्यटकिय क्षेत्र ठमेलसँग जोडिएको गीत सार्वजनिक गरेका छन् । ठमेल बजारको बिशेषता झल्किने गीतमा मिलन लामा र रिचा बुलुन तामाङको स्वर रहेको छ । गीतमा शब्द संगीत मिलन कै रहेको छ । गीतमा नेपाली ठिटो र सिक्मिकी युवती बिचको संवादलाई पर्यटन प्रर्बद्धन हुने तरिकाले प्रस्तुत गरिएको छ । गीतमा सिक्मिेली युवतीले नेपाली युवक, मादल सारङगीको निकै प्रशंसा गरेकी छन् ।
कलाकारलाई सरकारले सम्मान दिने कि नदिने ?
नेपालमा कलाकारलाई सरकारी तबरबाटै कुनै सम्मान भएको पाइदैन । यदि कलाकारले देशका लागी केहि गरेको छ भने त्यो कलाकारलाई प्रोत्साहन स्वरुप सरकारले सम्मान मात्र दिनेहो भने पनि सधैं देश बिकासका लागी कलाकार अग्रसर भइरहन्छन् । सरकारले केहि कलाकारलाई सम्मान तथा पुरस्कृत नगरेको भने होइन । उदाहरणकै लागी हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरे लाई सरसफाई दुतमा नियुक्त गर्यो जसले गर्दा पनि सिताराम र कुञ्जनाले सरसफाई सम्बन्धित बिभिन्न कार्यक्रम ल्याएं । त्यस्तै अर्का हाँस्य कलाकार जितु नेपाल पनि नेपाल वायु सेवा निगमको सद्भावना दुत भए जस पश्चात जितुले पनि बिभिन्न तबरबाट नेपाल बायु सेवा निगमको सेवा लिनु पर्ने बताउँदै आएका छन् ।
त्यस्तै गायक मिलन लामाजस्ता थुप्रै गायक छन् जसले देशको कुनै न कुनै बिषयलाई उठाएका होलान् त्यस्ता कलाकारहरलाई सम्मान तथा पुरस्कृत गर्ने हो भने भोलीका दिनमा कलाकारहरुले पनि देशका लागी केहि सोच्थे की ?
–
गायक मिलन लामाले पर्यटन प्रबद्र्धनसँग सम्बन्धित गाएका केहि गीतका भिडियोहरु तल हेर्न सक्नुहुनेछ ।
‘माझी दाई पोखरा फेवातालको’
‘वेलकम टु नेपाल’
‘जुम्ला कालीकोटको’
‘ठमेल बजार’