चलचित्र ‘लालटिन’को पाँच अडियो गीत रिलिज (एल्बम)

...

असोज, काठमाडौं । देवकुमार श्रेष्ठ निर्देशीत चलचित्र ‘लालटिन’मा समावेश पाँच अडियो गीत रिलिज भएका छन् । आउँदो चैत १८ गतेबाट प्रदर्शनमा आउने यस चलचित्रमा पछिल्लो समय मनपराइएका कलाकारहरुको अभिनय रहेको छ । साथै यो चलचित्रलाई युवापुस्ताले मनपराउने आशा राखिएको छ ।
laltin-songसार्वजनिक एल्बममा चमेली, ह्वेस्की, जीन्दगानी र लालटिन शीर्ष गीत छन् । चलचित्रमा दयाहांग राई, प्रियंका कार्की, अर्जुनजंग शाही, राजकट्वाल, भानुप्रताप, ए गुरुंग, जनक बर्तौला, रिया श्रेष्ठ लगायतको अभिनय रहेको छ । चलचित्रलाई अनिम श्रेष्ठ र राजकेसीले निर्माण गरेका हुन् भने मनोजराज भण्डारी र दिपक श्रेष्ठ सहनिर्माता हुन् ।