असोज, काठमाडौं । गायक तथा संगीतकार रमेशराज भट्टराई दशैं मनाउन यतिखेर आफ्नो गृहजिल्ला नवलपरासीमा पुगेका छन् । सयौं गीतहरुमा संगीत र दर्जनौं गीतहरुमा स्वर दिएर गायकको रुपमा पनि आफुलाई स्थापित गराईसकेका भट्टराई नवलपरासीको कावासोतीस्थित आफ्नो घरमा स—परिवार सहित दशैं मनाउन लागेका छन् ।
दशैंको भाईटिकाको दिन अघि रमेशराज भट्टराईले आर्टिस्ट खबरसँगको भेटमा आफुलाई दशैंमा पिङ खेल्न निकै मन पर्ने बताएका छन् । सानो छँदा पनि निकै पिङ खेल्न मन पर्ने र अझै पनि पिङ खेल्न भने नछोडेको र अहिले पनि पिङ खेलेरै दशैं मनाउने बताएका छन् ।