वर्कसपमा चलचित्र ‘पिताम्बर’, भदौबाट छायांकनमा जाने

...

साउन, काठमाडौँ । नयाँ चलचित्र ‘पिताम्बर’को टिम छायांकनमा जाने तयारीमा छ । यसैबिच अहिले यो चलचित्रको वर्कसप चलिरहेको छ । कृषा चौलागाईंको निर्देशन रहने यो चलचित्रमा पिताम्बरको भूमिकामा को छ भन्ने जिज्ञासा दर्शमा परिरहेको छ । यसैबिच निर्माण टिमले प्रदीप खड्का र सौगात मल्लसँगको तस्बिर सार्वजनिक गर्दै ‘पिताम्बर’ को हो ? भन्दै दर्शकलाई प्रश्न गरेको छ ।

निर्देशक चौलागाईंले सौगात र प्रदीप दुई मध्ये पिताम्बर को हो ? भन्ने प्रश्न गरेकी हुन् । दुवै उत्तिकै सबल र स्टारडम भएकाले ‘पिताम्बर’को मुख्य पात्र ‘पिताम्बर’को हो ? भन्नेमा कौतुहलता छ । यो कौतुहलतालाई जोगाउने प्रयास निर्माण टिमले गरिरहेको छ ।

हालसम्म सिनेमाको मुख्य पात्र सौगात वा प्रदीपमा को हो रु भन्ने निर्माण टिमले लुकाएको छ । यसलाई निरन्तरता दिने निर्देशक चौलागाईंले बताएकी छन् ।

बलियो लाइनअप रहेको सिनेमामा सौगात र प्रदीपका अलवा आँचल शर्मा, अनुपविक्रम शाही, सुरक्षा पन्त, प्रमोद अग्रहरी, दिव्यदेव, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, गौरव विष्ट, विशाल पहारी लगायतको कलाकारको अभिनय रहनेछ । कलाकारको यो लाइनअपले सिनेमा केही फरक र स्पेसल रहेको संकेत गरेको छ ।

‘पिताम्बर’को पहिलो चरणको छायांकन नवलपरासीको त्रिवेणी धाममा शुभमुहूर्त गर्दै भएको थियो । चलचित्रको पहिलो सेड्युलमा अभिनेत्री सुरक्षा पन्त, अभिनेता अनुप विक्रम शाही, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, दिव्य देव, सुपुष्पा भट्ट, विशाल पहारी, गौरव बिष्ट र बालकलाकारको भागको छायांकन भएको थियो ।

अभिनेता प्रदीप खड्का र सौगात मल्ल चलचित्रको दोस्रो सेड्युलमा जोडिएका छन् । चलचित्रमा प्रदीप एक्सन भूमिकामा देखिनेछन् ।

केपी फिल्मस्ले पुरुषोत्तम प्रधान फिल्मस्सँग सहकार्य गरेको पिताम्बरलाई पुरुषोत्तम प्रधानले खिचिरहेका छन् । चलचित्रको निर्मातामा विशाल चौलागाईं छन् ।

प्रदीप भारद्धाजको लेखन रहेको चलचित्रलाई निर्देशक चौलागाईंले लार्ज स्केल बनाउँदैछिन् । चलचित्रको बजेट ५ करोड अनुमान गरिएको छ । यसअघि उनले ‘ऐंचो पैंचो’ निर्देशन गरेकी थिइन् ।