माघ ११ गतेबाट ‘घर नम्बर २’ रिलिज हुने

...

साउन, काठमाडौँ । चलचित्र ‘घर नम्बर २’ माघ ११ गतेबाट प्रदर्शनमा आउने भएको छ । यहि साउनको २५ गतेबाट छायांकनमा गएको यो चलचित्रको छायांकन सुरु भएको एक साता पनि नवित्दै निर्माणपक्षले प्रदर्शन मिति फाइनल गरेको हो । चलचित्रको छायांकन एक महिनामा सक्ने योजना निर्माणपक्षको छ ।

दीपेन्द्र के खनालको निर्देशनमा बुद्दि सागरको कथा रहेको यो चलचित्रलाई काठमाडौंका आसपासका क्षेत्रमा नै खिचिनेछ । चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे लगायतका कलाकारहरुको अभिनय छ ।

यो चलचित्रमा सामाजिक बिषयवस्तुलाई रोचक तरिकाले भनिने निर्देशक खनाल बताउँछन् । चलचित्रमा कृष्णबहादुर थापाको छायांकन छ । ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको ब्यानरमा निर्माण भइरहेको यो चलचित्रमा शरद श्रेष्ठ, किरण महर्जन र राजीव श्रेष्ठको लगानी छ । चलचित्रका कार्यकारी निर्माता युवराज कार्की हुन् । चलचित्रको सह निर्माता ओम प्रकाश अग्रवाल र महेश किजु हुन् । ओएसआर डिजिटल फिल्मको डिजिटल पार्टनर रहेको छ ।
चलचित्रलाई काठमाडौंमा रिच इन्टरटेन्मेन्ट र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ ।