हरिवंश आचार्यको स्वरमा ‘जात्रा’को गीत सार्वजनिक, कुरा छ पैसा र बैंशको (भिडियो)

...

कार्तिक, काठमाडौं । यहि कार्तिक २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘जात्रा’मा समावेश गीत सार्वजनिक गरीएको छ । नोट नोट बोलको सार्वजनिक गीतमा हाँस्य कलाकार हरिवंश आचार्यले स्वर दिएका छन् । गीतमा पैसा र वैंशको कुरालाई जोडिएको छ ।

jatra-songपैसाले मानव जीवनमा पार्ने उतार चढावको समिश्रण रहेको ‘जात्रा’मा तिन पसलेको जीवनचक्र लाई देखाइएको छ । सार्वजनिक गीतमा पनि पैसाकै लागी दौडिएको देख्न सकिन्छ । गीतमा हरिवंशको साथमा शशि रावलको स्वर रहेको छ । गीतमा हरिवंश आचार्यले नै शब्द भरेको हुन् भने रोशन थापाको संगीत रहेको छ ।

प्रदिप भट्टराईको निर्देशनमा तयार भएको जात्रामा बर्षा राउत, बिपिन कार्की, रबिन्द्र सिंह बानिया लगायतको मुख्य भुमिका रहेको छ ।