चर्चित गायक अभिनाष घिसिङ नेपालको चर्चित गीत संगीतको बजार ब्यबस्थापक म्युजिक नेपाल बिरुद्ध मुद्धा हाल्ने अबस्थामा पुगेका छन् । उनले आफैले गाएको गीत आफ्नै युटुब च्यानलबाट रिलिज गर्दा पनि म्युजिक नेपालले कपि राईट मागेपछि यो अबस्था श्रृजना भएको हो । चर्चित गायक अविनाश घिसिङले आफ्नो पछिल्लो एल्बम गाउँ छेउमा समावेश चुइ चुइ चुइकने जुत्ताको म्युजिक भिडियो आफ्नै युट्युब च्यानलबाट सार्बजनिक गरेका थिए । सार्बजनिक गीतलाई अबिनाषले रिमेक गरेर रेकर्ड गराएका थिए । जयनन्द लामाको शब्द संगीतमा रहेको यस गीतलाई उनले कानुनी रुपमै आफुले लिएको बताएका छन् । उनले फेसबुक मार्फत पनि गायक तथा संगीतकार लामासंग गरिएको सम्झौतापत्रको फोटो सहित यो कलाकारलाई शोषण र अपमान गरेको भन्दै उनले म्युजिक नेपाल बिरुद्ध कानुनि लडाई लड्ने बताएका हुन् । उनले सबै कपि राईट आफुले लिगेपनि म्युजिक नेपालले आफुमाथि लगाएको अपमानको बिरोध गदै उनले यस्तो निर्णय लिन लागेको बताए । उनले सिने चौतारिसंग कुराकानि गदै यो सरासर कलाकारको अपमान भएको र त्यसै चुपो लागेर नबस्ने बताए । उनले थप्दै गीत संगीत म्युजिक नेपालको आफ्नै सम्पति नभएको र सबै कपि राईट गायक, संगीतकार र गीतकारसंगनै निहित हुने बताए ।
उनले कुराकानिको क्रममा अरु कलाकार चुप लागेर बसेपनि आफु यस बिषयमा चुप नलाग्ने बताए । उनले म्युजिक नेपालले मलाई मात्र गर्छ भन्ने नभएको र सबै यसको मारमा पर्ने सक्ने भन्दै सबैले बिरोध गदै आवाज उठाउनु पर्ने बताए ।