दर्जन कलाकारहरुसँग नाँच्दै हाँस्दै देवचुली महोत्सवका दर्शक

...

मंसिर, नवलपरासी । नवलपरासीको कावासोतीमा जारी देवचुली महोत्सवको सातौं दिनका मुख्य आकर्षकको रुपमा रहेका दर्जन कलाकारहरुले बेजोड प्रस्तुती दिएका छन् । लोक तथा दोहोरी गायक तथा सर्जक शिब हमालले सयौं दर्शकलाई नचाए । सँगै गीत पनि गाउन लगाए । पछेउरी लेउ बैना बोलको गीतमा हमालसँगै कावासोतीका बासिन्दाले कम्मर मर्काउँदै नाचे ।
group-with-kalakarलोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रिय सदस्य आधा दर्जनजति चर्चित गीत प्रस्तुत गरेका थिए । हमालले उपस्थित दर्शकलाई आफ्नो चर्चित गीतहरु गाएर नचाएका थिए । कावासोती खेल मैदान साझ पर्दा समेत सांगीतिक बन्यो ।
shiva-hamalकावासोती मैदान उराल्ने गरी उनले पुराना तथा नयाँ गीत प्रस्तुत गरे । ‘म कावासोतीको मायाले आए, म तपाईहरुको मायालाई संगाल्ने छु’ उनले भने, ‘म तपाईहरुले देवचुली महोत्सव सफल पार्नुपर्छ ।’ उनले यसो भन्दा कावासोती खेलमैदान तालीको गडगडाहटले गुुन्जिएको थियो ।
darsak-2

जमुनाले नचाइन् कावासोतीबासीलाई
मंसिर २५ देखि जारी देवचुली महोत्सवमा कलाकर्मीले कावासोती र आसपासमा बेग्लै छाप छोडिरहेका छन् । पहिलोपटक आयोजना गरिएको महोत्सवमा दर्शकको मन जित्नेमा पर्छिन गायीका जमुना राना ।
बुधबार महोत्सवको आकर्षकको रुपमा उनी पनि थिइन् । उनका प्रस्तुती निकै रोचक थियो । लोक गायीका भनेर चिनिए पनि उनले कावासोतीबासीलाई लो पप गीतलु पुरै मनोरन्जन दिइन् । रानाले पनि आफ्ना चर्चित गीत गाएर हजारौं दर्शक नचाइन् । ‘चम्चा प्लेट’, ‘मेरो मायाल’ु, ‘हलचल’, ‘बिर्सनेको नाम लेखेर’ लगायतका गीत गाउँदा महोत्सवको माहोल नै फरक बनेको थियो ।
jamuna-ranaअन्य कलाकारको प्रस्तसी पनि बेडोडका थिए । गायिका उमादेवी खनाल र गायक प्रकाश सपुतले पनि कार्यक्रमको शुरुवातमा गीत गाउँदा उर्लिदो दर्शक देखिन्थ्यो । गायिका उमाले ‘चाइनिज लुगा’, ‘बिछोडको चोट’ त्यसैगरी केहि तिजका गीतहरु पनि गाएकी थिइन् । साथै गायक प्रकाश सपुथका गीतमा पनि दर्शक उत्तिकै रुपमा नाचेका थिए ।
arjun sapkota - singerसाथै लोक तथा दोहोरी गायक अर्जुन सापकोटाले पनि आफ्नो चर्चित गीत गाएका थिए । उनले ‘हर्लकै बढिछा’ैं, ‘छोटो भयो जामा’, ‘भेटौं मकै बारीमा’, ‘रातलाई साथी जुन छ’ लगायतका गीतहरु गाएर दर्शक नँचाएका थिए ।
prakash-saput-singer
निर आलेको कमेडीमा रमे दर्शक
कार्यक्रमका हाँस्य कलाकार निर आलेले पनि महोत्सवको माहोल खुबै तताएका थिए । महोत्सवमा कमेडी खुराकहरुका साथमा कमेडी नृत्य गरेका निरको गेटअप र प्रस्तुती देख्दा दर्शकहरु पेटमिचिमिचि हाँसेको देखिन्थ्यो ।

nir-ale-magarसाथै कार्यक्रमको अन्तिम प्रस्तुतीको रुपमा हाँस्य प्रस्तुती रहेको थियो । आयोजक देवचुली टेलिभिजनका कलाकारहरुले गरेको हाँस्य प्रस्तुतीमा पनि दर्शकहरु खुबै हाँसेका थिए । कलाकारहरु गोपिकृष्ण चापागाई, राशि रिजाल, नवराज अधिकारी, अर्जुन कण्डेलको कमेडी नृत्यसँगको प्रस्तुती रहेको थियो ।
comedy-pradasan-2