यी नवनायिका जसले राजेश, भुवन र निखिल बाहेक अन्य कलाकारलाई बिरलै चिन्छिन्

...

मंसिर, काठमाडौं । ऐश्वर्याबाट नेपाली सिनेमामा प्रबेश गर्न लागेकि नायिका दीपिका प्रसाईले आफुलाई नेपाली सिनेमा हेर्न मन नलाग्ने बताएकि छिन् । बलिउड र हलिउड सिनेमा हेर्न मन लाग्ने बताउने दीपिकाले नेपाली सिनेमा झोला पछाडिका कुनै सिनेमा हेरेकि छैनन् ।

deepika-prasai-nepali-movie-aaisworya-02एक अन्र्तवार्ताका क्रममा उनले नेपाली सिनेमाका बारेमा आफु खासै अपडेत नभएको बताएकि छिन् । त्यतिमात्र हैन उनलाई नेपाली कलाकारको बारेमा समेत राम्रो जानकारि छैन् । अर्थात पुरानो पुस्ताका राजेश हमाल, भुवन केसि, निखिल उप्रेति बाहेक नया पुस्ताका कलाकारलाई उनि प्राय चिन्दिनन् ।

सिनेमामा आउने सोच भएपछि नेपाली सिनेमाका बारेमा त थाहा हुनु पर्ने हैनन र भन्ने प्रश्नमा उनले नेपाली सिनेमा खासै मन नपर्ने र सिनेमा हेर्न नचाहेको बताएकि हुन् । उनले नेपाली सिनेमाको अभिनय अभिनय जस्तै लाग्ने बताउदै सिनेमामा अभिनय भन्दा रियालीटि हुनुपर्ने र नेपाली सिनेमामा त्यो रियालीटि नहुने बताएकि हुन् । उनले नेपाली सिनेमाकै बारेमा कुरा गदै नेपाली सिनेमा राम्रो हुन अझै धेरै दुख गर्नुपर्ने र कलाकारहरुलेनै मिहिनत गर्नुपर्ने बताईन् ।

कुनै पनि नेपाली कलाकारका बारेमा प्राय सबैलाई थाहा हुन्छ । अर्थात नेपाली कलाकार र नेपाली सिनेमा, संगीत क्षेत्रका बारेमा पछिल्लो समय सबैजसो मानिसलाई थाहा हुने गर्छ । पछिल्लो समय त अनलाईन् मिडिया बढेसंगै अझै धेरै मानिस यस क्षेत्रसंग नजिक छन् । र हरेक पल पलको बारेमा जानकार रहन्छन् । तर पछिल्लो समय नेपाली सिनेमा ऐश्वर्याकि नव नायिका दीपिका प्रसाईले भने नेपाली सिनेमाको गतिबिधि आफुलाई थाहा नभएको बताएकि छिन् ।


सिनेमामै संघर्ष गरिरहेकि दीपिकाले यसो भन्दा हामिलाई लागेको कुरा के हो भने नेपाली सिनेमामा आउन चाहानेहरु त यस क्षेत्रसंग परिचित छैनन् भने अरु कसरि अपडेत भईरहेका होलान् त । दीपिकालाई कम्तिमा आफुले संघर्ष गरिरहेको क्षेत्रको बारेमा त थाहा हुनु पर्ने होईन् र रु तर उनलाई पछिल्लो समय कुन कुन सिनेमा आईरहेको छ, कस्तो सिनेमा सफल भए, कुन कलाकारको चर्चा कस्तो छ, कसरि चर्चा भईरहेको छ लगायतका कुरा पनि थाहा छैन् । उनलाई नेपाली सिनेमाका कलाकारको समेत राम्रो जानकारि छैन् । उनि बिरलै चिन्छिन् नेपाली कलाकार ।

deepika-prasai-nepali-movie-aaisworya-01-1
यसरि कसरि जम्छिन् त उनि नेपाली सिनेमामा ? अहिले नेपाली सिनेकर्मिहरुबिच उनको यहि प्रश्न चर्चाको बिषय बनेको छ । हुनपनि हो, नेपाली भएर मात्र होईन् क्षेत्रसंग सम्बन्धित मान्छे क्षेत्रकै बारेमा जानकार छैन भने कसरि कलाकार बन्ने ?