सल्यानी कलाकारहरु एकजुट, काठमाडौंमा साँस्कृतिक कार्यक्रम सम्पन्न

...

मंसिर, काठमाडौं । सल्यानी जिल्लाका बिभिन्न कलाकारहरु एक जुट भएका छन् । देश भित्र बिभिन्न ठाउँमा छरिएर रहेका बिभिन्न बिधाका कलाकारहरुलाई एकैठाउँमा जुटाएर एक साँस्कृतिक कार्यक्रम समेत गरीएको छ ।
salyan-kalakar-1मंसिर ११ गते शनिवारको दिन काठमाडौंको नयाँबसपार्कमा सल्यानी कलाकारहरुको बृहत भेला तथा साँस्कृतिक ार्यक्रम सम्पन्न गरीएको हो ।

शनिवार भएको भेलामा बाध्यबाधक तथा गायक खर्क बहादुर बुढाको अध्यक्षतामा ११ सदस्यीय पदाधिकारी सहित केही सदस्य चयन गरेको हो । जसको ५ ऊपाध्यक्षहरुमा डम्बर नेपाली, कृष्ण रेउले, ललित केसी, नेत्र भण्डारी, चन्द्रा चलाऊने, महासचिवमा जनक भण्डारी, सचिबहरुमा रामु खड्का र शक्ती चन्द, कोशाध्यक्षमा टोपेन्द्र ओली र सहकोसाध्यक्षमा शुसिला डाँगी लगायत सद्स्य हरुमा बलबिर चलाऊने, यमुना चन्द, गंगा घर्ति, हेमराज डाँगी, यज्ञ बिक, भरत परियार्, गणेश डाँगी रहेका छन् ।
salyani-kalakar-2सल्यानी कलाकार समुह नाम राखिएको उक्त समिती सल्यान जिल्लाको कलासंस्कृति लाई सम्रक्षण , सम्बर्दन र प्रबर्दन गर्न लागि पर्ने संस्थाका महासचिव जनक भण्डारीले आर्टिस्ट खबरलाई जानकारी दिए । ललित केसी को अध्यक्षता, बरिस्ठ लोक गायक दामोदर बटुवा को प्रमुख आथित्यता र पूर्व सांसद नेत्रलाल श्रेष्ठ को बिशिष्ठ आथित्यतामा भएको कार्यक्रमको संचालन समुह का माहासचिब जनक भण्डारीले गरेका थिए ।
tirsana-and-sirjuमित्रनगर स्थित ३६५ पार्टी भेन्यु मा भएको कार्यक्रममा स्वागत मन्तब्य समुहका कोशाध्यक्ष टोपेन्द्र ओली ले दिएका थिए भने कार्यक्रममा दर्जनौ सल्यानी कलाकारहरु संगै चर्चित मोडेल तिर्सना बुढाथोकी, सिर्जु अधिकारी सालैजु गायिका कल्पना गूरुङ् र मेरिबासै कि हाँस्यकलाकार शुसिला निरौला ‘बिम्ली’ लगायत ले उपस्थित दर्शकहरुलाई मनोरन्जन दिएका थिए ।