‘कोहिनूर’ निर्देशक आकाशको निर्माता संघको अध्यक्षमा उम्मेदवारी घोषणा

...

मंसिर, काठमाडौं ।  आउँदो पुस २ गतेबाट हुन लागेको नेपाल चलचित्र निर्मााता संघको १४ औं साधारण सभाको अध्यक्ष पदमा लामो समयदेखी चलचित्र निर्माण र निर्देशनमा क्रियाशिल आकाश अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् । राजधानीमा बिहिबार प्रेस मिटको आयोजना गर्दै आकाशले नेपाली चलचित्र क्षेत्रको विकासका लागी आफुले उम्मेदवारी घोषणा गरेको बताए ।
akash-adhikari-artist-khabarनिर्देशक अधिकारीले उम्मेदवारी घोषणा गर्दै भने, ‘मेरो मुल एजेन्डा भनेको ‘बक्स अफिस, सेन्सर समस्या, अन्तरराष्ट्रिय लगानी, निर्माताको लगानी कसरी सुरक्षित गर्ने होे । अहिलेको समयमा हेर्नेहो भने नेपालमा बक्सअफिस लागु गर्न निकै आबश्यक छ । निर्माता र हल सञ्चालकहरुको हिसाब स्पष्ट पार्न पनि बक्सअफिसको खाचो छ ।’


‘द स्काइ मुभी’ का प्रमुख समेत रहेका आकाश क्रमश निर्माता संघको महासचिव र उपाध्यक्ष भइसकेका छन् । उपाध्यक्ष पदमा भने अहिले उम्मेदवारको नाम घोषणा गरिएको छैन । महा सचिवमा छविराज ओझा, सचिवमा गोविन्द शाही, कोषाध्यक्षमा सुशिल पोख्रेलको उम्मेदवारी परेको छ ।
nepali-filmy-producer-organization-artist-khabarसाथै, यहि प्यानलबाट सदस्यहरुमा करिश्मा मानन्धर, दिपकराज गिरी, चेतनाथ सापकोटा, निश्चल बस्नेत, दीपेन्द्र के खनाल, निकिता पौडेल, योगेश घिमिरे, रौनक विक्रम कँडेल र भानु प्रतापको उम्मेदवारी परेको छ ।

मंसिर २३ गतेसम्म निर्माता संघमा कम्पनी नविकरण गर्न पाइने कार्यक्रममा जानकारी दिइएको थियो ।