पैसा दिएको हैन, मेरो अभिनय हेरेरै चलचित्रमा अफर गर्नुभएको होः नवनायक सुमन थापा

...

गोपिकृष्ण चापागाई / काठमाडौं ।  नेपाली चलचित्र क्षेत्रमा उदाउँदै गरेका नव नायक सुमन थापा यतिखेर म्युजीक भिडियोहरुमा मोडलिङ तथा चलचित्रहरुको अभिनयमै ब्यस्त छन् । चलचित्र ‘युज’ बाट डेब्यु गरेका सुमनले अहिलेसम्म दर्जनौं म्युजीक भिडियोहरुमा अभिनय गरीसकेका छन् भने उनले अभिनय गरेको ‘द फेमस’ चलचित्र अझै पनि केहि हलहरुमा लागिरहेको छ ।

यसैबिच आर्टिस्ट खबर डटकमले नायक सुमन थापासँग चलचित्र क्षेत्रको सुरुवात र समग्र अभिनय कलासँग सम्बन्धित रहेर केहि कुरा गरेकौं छौं ।
suman-thapa-actor-artist-khabarसुमन जी आफुले अभिनय गरेको चलचित्र ‘द फेमस’ हलहरुमा लागिरहेको छ, कस्तो आईरहेको छ प्रतिक्रिया ?

यतिखेर आफुले अभिनय गरेको चलचित्र हलहरुमा लागिरहँदा दर्शक तथा आफ्ना शुभचिन्तकहरुबाट राम्रो प्रतिक्रिया पाइरहेको छु । धेरैले अभिनयलाई माया गरीदिनु भएको छ र मैले पनि सोचे जस्तो भएकोले खुसी छु ।

‘द फेमस’ चलचित्रको प्रदर्शनको समयमा अन्य धेरै चलचित्रहरु पनि प्रदर्शनमा आएका थिए, अझ निकै सुपरहिट भएको ‘छक्का पञ्जा’ चलचित्र पनि प्रदर्शन भइरहेको छ असर त धेरै नै पर्यो होला नि ?
हो हाम्रो चलचित्रको समयमा चारवटा अन्य चलचित्र सँगै प्रदर्शनमा आएका हुन् तर अन्य चलचित्रको हिसाबमा ‘द फेमस’ मा दर्शकहरुको राम्रो उपस्थिती देखियो । एउटा पारिवारीक र लभ स्टोरी चलचित्र भएको कारणले पनि चलचित्रले दर्शकको माया पायो । कार्तिक १९ मा प्रदर्शनमा आएको चलचित्र आजसम्म केहि हलहरुमा चलिरहेको छ यतिकै पनि थाहा हुन्छ नि चलचित्र कत्तिको चलेको रहेछ भन्ने कुरा । यदि दर्शकहरु आउँदै नआईदिएको भए हलहरुमा लाग्ने पनि थिएन नी हैन र ? अब केहि अन्य चलचित्र जस्तै ‘छक्का पञ्जा’, ‘जात्रा’हरु निकै भए तर ति चलचित्रले केहि असर गरेपनि धेरै असर भने गरेका छैनन् ।

‘द फेमस’ त आजभन्दा तिन बर्ष अगाडि बनेको चलचित्र हो, छायांकनस्थलमा नायिकासँग झगडा पनि भयो रे, त्यसैले पनि तिनबर्ष पछाडि प्रदर्शनमा आएको हो ?
चलचित्र तिनबर्ष अगाडि नै हो बनेको तर नायिकासँग झगडा भएर ढिलो प्रदर्शन भएको भने होइन । हाम्रो चलचित्र मा सबैगीतहरु एनिमेसन गरीएका छन् । सबैभन्दा धेरै समय ति गीतहरुको छायांकन र सम्पादनमै लाग्यो त्यसले गर्दा पनि ढिला भएको हो ।
suman-thapa-actor-artist-khabarकलाकारीता नै भनेरै अगाडि बढ्नु भएको छ, भोलीको दिनमा केछ तपाईको योजना, कलाकारितामै लागिरहने हो ? अहिलेसम्म कतिवटा चलचित्र र म्युजीक भिडियोमा अभिनय गर्नुभयो ? 

मेरो लक्ष्य भनेकै कलाकार बन्नु हो । म जहिलेसम्म रहन्छु त्यो समयसम्म कलाकारीतामै रहनेछु । मैले अहिलेसम्म दुई दर्जन भन्दा बढी म्युजीक भिडियोमा अभिनय र दुईवटा चलचित्रमा अभिनय गरेको छु । डेब्यु चलचित्र ‘युज’ हो भने अहिलेको ‘द फेमस’ हो ।


तपाई त सन् २०१२ मा मिस्टर नुवाकोट पनि हुनुभएको थियो नि । त्यो समयमा पनि हिरो नै बन्छु भनेर लाग्नु भएको थियो ?
आजभन्दा चारबर्ष अघि मिस्टर नुवाकोट बन्न सफल भएको थिए । कक्षा १२ मा पढ्दै गर्दा मेरो निकै नजिकको मित्र माधव जीले नुवाकोटमा मिस्टर एण्ड मिसेस नुवाकोटको फर्म खुलेको छ भर्ने हो भनेर प्रस्ताव गर्नु भो त्यसपछि इच्छा जागेको हो र त्यसपछि मिस्टर नुवाकोट भइसकेपछि मात्र अब कलाकारीतामा पुर्ण रुपमा लाग्छु भन्ने लागेको थियो ।

म्युजीक भिडियोमा मोडलिङ गर्नको लागी शुरुमा कतिले पैसा तिरेर आउँछन् तपाई त चलचित्रमा पनि अभिनय गरीसक्नु भएको छ, पैसा लगानी पनि गर्नुभयो कि ?
हैन हैन मैले अहिलेसम्म त्यसरी पैसा दिएर अभिनय गरेको छैन । हो यो क्षेत्रमा कोहि त्यस्तो हुनुहुन्छ होला जसले पैसा तिरेर कलकारीता क्षेत्रमा प्रवेश गर्नुभएको होला तर मलाई म्युजीक भिडियोमा पनि अफर गरीएको थियो र अभिनय गरेको दुईवटै चलचित्रमा पनि अफर नै गरीएको हो ।
suman-thapa-actor-artist-khabar

अन्त्यमा, हाम्रा फ्यानहरुलाई केहि भन्नु छ ?
मेरा दर्शकहरुलाई के भन्न चाहान्छु भने कुनै पनि कलकार नयाँ छ भनेर हेला नगरीदिनुहोला किनकी चर्चित र पुरानो कलाकार हुनका लागी नयाँ भएरै आउँने हो । म पनि यो क्षेत्रमा अहिले नयाँ छु र संघर्ष गर्दैछु । मेरो अभिनय हेर्दै गरीदिनुहोला । प्रतिक्रिया दिनुहोला ।

नायक सुमन थापासँग आर्टिस्ट अफ द वेकमा गरीएको भिडियो कुराकानी हेर्नसक्नुहुनेछ ।