‘आईसी डिजाइनर रनवे’का लागि २५० मोडलले दिए अडिसन

...

काठमाडौँ । १४औँ ‘आईसी डिजाइनर रनवे’का लागि २५० मोडलले अडिसन दिएका छन् । मोडल छानौटका लागि काठमाडाँैको होटल याक एन्ड यतिमा आइतबार आयोजित पहिलो चरणको अडिसनमा केटा र केटी मोडल गरेर २५० मोडलले अडिसन दिएका हुन् । छनौट चरणको अर्काे अडिसन आउँदो साता बिराटनगर, पोखरा र बुटवलमा हुने फेसन शोको म्यानेजमेन्ट जिम्मेवारी लिएको नेक्स्ट मोडल्स नेपालले जनाएको छ ।

छनौट चरणको अडिसनमा आस्था पोखरेल (फेसन कोरियोग्राफर), सन्तोष लोक्सम लिम्बु (मिष्टर नेपाल २०२४), निमेश कपाली (फेसन मोडल), नम्रता श्रेष्ठ ( मिस नेपाल २०२०), राजभाई सुवाल (कमर्सियल फोटोग्राफर) निर्णायकको रुपमा रहेका थिए । काठमाडौं र मोफसलको अडिसनबाट ३० फिमेल र ६ मेल मोडल फेसन शोका लागि छानिनेछन् । छानिएका मोडलले काठमाडौँमा आयोजना हुने फेसन शोमा क्याटवाक गर्नेछन् ‘आईसी डिजाइनर रनवे’ आगामी मार्च २८ र २९ गते काठमाडौँको होटल याक एण्ड यतिमा २ दिन आयोजना हुँदैछ । ‘आइसी डिजाइनर रनवे’ एक उत्कृष्ट फेसन सो हो । विगत धेरै वर्षदेखि नियमित एक दिन आयोजना हुँदै आएको फेसन सो यो बर्षबाट अझ बृहत रुपमा २ दिन आयोजना हुन लागेको छ । शोमा आइसी कलेजका विद्यार्थी डिजाइनरहरूले तयार पारेका फरक फरक पहिरन बिभिन्न सिक्वेलमा प्रदर्शन हुनेछ ।

शोमा यो पटक नेपालका अधिकाम्स सेलिब्रेटी र्याम्पवाकमा देखिने आयोजकले जनाएको छ । अहिलेसम्मकै उत्कृष्ट र बृहत फेसनको शोको रुपमा ‘आइससी डिजाइनर रनवे’ १४ आफूले प्रस्तुत गर्ने तयारी गरेको नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले जानकारी दिए ।
‘आइसी डिजाइनर रनवे’को मुख्य उद्देश्य नेपाली फेसन डिजाइनरको प्रचारप्रसार गर्दै उनीहरुले डिजाइन गरेका नेपाली फेसनका आकर्षक डिजाइन अन्तर्राष्ट्रिय स्तरमा पु¥याउनु रहेको आयोजक आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले जानकारी दिइन् ।