हरिदत्त फुलाराले ल्याए ‘कस्तो यो मेरो बाध्यता हो’

...

काठमाडौं । गायक हरि दत्त फुलाराले नयाँ गीत सार्वजनिक गरेका छन् । ‘कस्तो यो मेरो बाध्यता हो’ बोलको गीतको भिडिओ उनले आफ्नै युट्युव एच.डी. फुलारा मार्फत सार्वजनिक गरेका हुन् । गीतमा उनले स्वर सँगै संगीत पनि भरेका छन् । उनलाई संगीतमा भिम बिसीले साथ दिएका छन् । गीतको एरेन्ज विश्व अधिकारीले गरेका हुन् । गीतमा शब्द भने डिल्ली राज फुलाराको रहेको छ ।

गीतले आर्थिक अभावका कारण एक युवा परिवारलाई स्वदेशमै छाडेर बिदेशीनु परेको बाध्यतालाई देखाइएको छ । भिडिओमा अभिनेता गौरव पहारी र पबित्रा शाकी (मिस पवि)लाई श्रीमान श्रीमतीको रुपमा देखाइएको छ । साथै वरिष्ठ कलाकार देशभक्त खनाल बुबाको भूमिकामा रहेका छन् ।

गायक हरिदत्त फुलाराले यसअघि पनि दर्जन बढी गीत गाइसकेका छन् । मिठास स्वर भएका हरि दत्त गीतसंगीतको क्षेत्रमा लामो समयदेखी सक्रिए छन् । उनी आफू संगीत क्षेत्रबाट टाढा हुन नसक्ने बताउँछन् । त्यसैले पनि अहिले आफ्नै लगानीमा यो गीत सार्वजनिक गरेको बताउँछन् । केशव विश्वकर्माले खिचेको गीतको भिडिओलाई नारायण मगरले सम्पादन गरेका हुन् ।