ईश्वरीको ‘नैना रेशम’मा स्मारिका र शुरेसको जोडी

...

काठमाडौँ । गायिका ईश्वरी बरालको नयाँ गीत ‘नैना रेशम’ सार्वजनिक गरिएको छ । जुन गीतको भिडिओमा पछिल्लो समयका लोकप्रिय मोडल स्मारिका ढकाल र शुरेस कोलीको अभिनय रहेको छ । यो जोडी वास्तविक प्रेममा पनि छन् भन्ने चर्चा संगीत बजारमा सुन्ने गरिन्छ । यो सँगै अहिले सार्वजनिक भिडिओमा पनि उनीहरु प्रेमिल जोडीको रुपमा देखिएका छन् । भिडिओमा गायिका बराल स्वयम पनि फिचर्ड छिन् ।

प्रेमभावलाई देखाइएको उक्त भिडियोको छायांकन उत्तम हुँमागाईंले गरे भने सम्पादन विकास ढकालले गरेका हुन् । भिडिओ मुस्कान ढकालले निर्देशन गरेका हुन् । गीतको अडियो तर्फ शब्द र संगीत सिर्जना राजकुमार बगरले गरेका हुन् भने एरेन्ज नरेन्द्र वियोगीले गरेका छन् ।

सञ्चारकर्मीसमेत रहेकी गायिका बरालले यसअघि ‘खानदानी छोरी’, ‘हरेक रात सपनीमा’,’नरिसाउन होइ’लगायतका गीत गाएकी छन् ।