‘रुकुम मैकोट’ गीतले रच्यो ईतिहास

...

काठमाडौँ  । नेपाली फिल्म ‘खुस्मा’मा समावेश पाश्र्वगीत ‘रुकुम मैकोट’ले एकपछि अर्को कीर्तिमान रचिरहेको छ । एसडी योगीद्वारा संगीतबद्ध गीत युट्युव प्लाटफर्ममा सबैभन्दा छिटो १० करोड भ्यूज पाउने पहिलो नेपाली गीत बनेको छ । नेपाली समयानुसार बुधबार राती यो गीतले उक्त रेकर्ड रचेको हो । २३ साताअघि रिलिज भएको यो गीतले असोज,कात्तिकमा डेढमहिना युट्युवको ग्लोबल ट्रेन्डिङमा स्ट्रिमिङ हुँदै इतिहास रचेको थियो ।

यसअघि युट्युवमा सबैभन्दा छिटो १० करोड भ्यूज पाउने नेपाली गीतको रेकर्ड फिल्म ‘घामड शेरे’को ‘साली मनपर्यो’सँग थियो । यो गीतलाई १० करोड भ्यूज पाउन २ वर्ष लाग्यो । तर, ६ महिनाभन्दा कम समयमै ‘रुकुम मैकोट’ले रेकर्ड रच्यो । यो कीर्तिमान रच्न तत्काल कुनै नेपाली गीतलाई हम्मे हम्मे पर्ने देखिन्छ । रुकुम मैकोटमा योगीको संगीत, योगी र शान्तिश्री परियारको आवाज र सुरेन्द्र रानाको शब्द छ ।