
काठमाडौं । फिल्म ‘लाज शरणम’ को ‘हेर्दा हेर्दैमा’ गीत सार्वजनिक भएको छ । विहिबार युट्युवमा सार्वजनिक ‘हेर्दा हेर्दैमा’ बोलको गीतमा फिल्मका सबै कलाकारलाई चित्रण गरिएको छ । यस गीतलाई व्यवसायिक प्रबर्द्धनमा प्रयोग गरिने बुझिएको छछ । शान्तीश्री परियार र आशिष अविरलको स्वर रहेको गीतमा आनन्द अधिकारीको शब्दरचना छ । कृष्ण भारध्वजले संगीत गरेका छन् ।
एकअर्कामा आकर्षित युवायुतीको प्रेम गीतमा समेटिएको छ । भिडियोमा माला लिम्बू, गजित विष्टसँगै चलचित्रका अधिकांश मुख्य कलाकारको अभिनय छ । तराई मधेसमा लाग्ने हाट बजारको सेटअपमा भिडियो खिचिएको हो ।
‘लाज शरणम्’ हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले बनाएको फिल्म हो । यो फिल्म फागुन १४ गते महाशिवरात्रीको अवसरमा प्रदर्शन हुँदैछ । यसमा धुर्मुससँगै अर्जुन घिमिरे, सागर लम्साल, हरिश निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बुको अभिनय छ ।