२० वर्ष पछि नेपाली सिनेममा कमब्याक गर्दे यी हिरोईन्

...

काठमाडौँ  ।  यतिबेला नेपाली फिल्ममा अघिल्लो पुस्ताका अभिनयमा निस्क्रिय कलाकारहरुको कमब्याकको लहर चलेको छ । पूजा चन्द, विपना थापा, रेजिना उप्रेती, राजबल्लभ कोइराला जस्ता कलाकारहरुले अभिनयमा पुनरागमन गरिसकेका छन् । यस्तै सबैभन्दा लामो समयपछि कमब्याक गर्नेमा अभिनेत्री चन्द पूजा पर्छिन् । अमेरिकामा बस्दै आएकी उनी करिब दुई दशकपछि अभिनयमा फर्किएकी हुन् ।

पूजाले एक वर्षअघि अमेरिकामै खिचिएको फिल्म ‘भूठान’बाट कमब्याक गरेकी हुन् । त्यसपछि उनको हातमा फिल्म टुटेको छैन । ‘भूठान’ लगत्तै उनले अमेरिकामै फिल्म ‘तेल भिसा’मा काम गरिन् । केही प्रतिशत छायांकनका लागि नेपाल पनि आएकी थिइन् । यो फिल्म रिलिजपछि सबैभन्दा बढी वाहवाही उनकै अभिनयलाई लिएर भएको थियो । यो मानेमा उनको कमब्याक सार्थक रह्यो ।

अब फेरि पूजा अर्को फिल्ममा देखिँदैछिन् । त्यो फिल्म हो, ‘परान’ । दीपक आचार्य (काकु)को निर्देशनमा बन्न लागेको यो फिल्ममा काम गर्नका लागि उनी नेपाल आइसकेकी छन् । यसरी एकपछि अर्को फिल्ममा आबद्ध हुनुले अब पूजा अभिनयलाई निरन्तरता दिने सोचमा रहेको देखिन्छ ।
सन् १९९२ को फिल्म ‘भूल’बाट उनले अभिनयमा डेब्यु गरेकी थिइन् । उनी पछिल्लो समय अमेरिकाको बाल्टीमोरमा सपरिवार बस्दै आएकी छन् ।