पत्रकार ऋषि धमलाले गरे सकाए चलचित्रको डबिङ, कहिले रीलीज हुदैँछ उनको चलचीत्र ?

...

काठमाडौँ । रेट्रो ग्रुपको व्यानरमा निर्माण भएको चलचित्र ‘द आउट ल दफाः २१९’ को स्वराङ्कन (डबिङ) धमाधम भइरहेको छ । प्राइम टेलिभिजनका अध्यक्ष ऋषि धमलालेसमेत अभिनय गरेको चलचित्रको स्वराङ्कन चलिरहेको हो । चलचित्रमा पत्रकारको भूमिकामा रहेका धमलाले आफ्नै चर्चित कार्यक्रम ’जनता जान्न चाहन्छन्’को प्रस्तोताको रूपमा अभिनय गरेका छन् । अभिनेता सुशील श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्रमा धमलाको उपस्थिति रहेको हो ।
शिक्षा संर्गौला, नरेश पौडेल, सुमन भण्डारी, हेम गुरुङ, विशाल पहारी, महेश त्रिपाठीलगायतका कलाकारको मुख्य भूमिका रहेको फिल्म पूर्ण एक्सन–थ्रिलर जनरामा निर्माण गरिएको छ ।

हालै यस चलचित्रको एउटा सिनका लागि मात्रै ४० लाख रुपैयाँ खर्च गरेर सुटिङ गरिएको चर्चा पनि थियो । चलचीत्रको रीलीज मीती भने हालै तोकीएको छैन ।