दीपकको तस्बिर सेयर गर्दै दीपाले लेखिन्– ‘ह्याप्पी भ्यालेन्टाइन्स डे’

...

काठमाडौँ । दीपकराज गिरीसँगको प्रेमील तस्बिर सेयर गर्दै दीपाले लेखिन्– ‘ह्याप्पी भ्यालेन्टाइन्स डे’। कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौलाबीचको प्रेम सम्बन्धको चर्चाको विषय नयाँ होइन । हास्य टेलिश्रृंखला ‘तीतो सत्य’को समयदेखि उनीहरू प्रेममा रहेकोबारे चर्चा हुने गर्थ्यो ।
यसलाई दुवैले विभिन्न अन्तर्वार्ताहरूमा समेत अभिव्यक्त गर्दै आएका छन् ।

दीपकले आफू विवाहित रहेको र प्रेममै भए पनि दोस्रो विवाह हुन नसक्ने बताउने गरेका छन् । यता दिपा भने यदि दिपक अविवाहित भएको भए आफुहरुबिच विवाह सम्भव रहेको भन्ने गर्छिन् । रेडियो कार्यक्रम ‘धनियाँकी दुनियाँ’बाट सुरु भएको उनीहरूको सहकार्य अहिले पनि उत्तिकै मजबुद छ ।

यसैबीच प्रेम दिवसको अवसरमा चलचित्र निर्देशक समेत भइसकेकी कलाकार दीपाश्री निरौलाले निर्माता दीपकराज गिरीसँगको पुरानो प्रेमील तस्बिर सेयर गर्दै प्रणय दिवसको शुभकामना दिएकी छन् । राजीब श्रेष्ठले खिचेको तस्बिर सेयर गर्दै दीपाले ‘ह्याप्पी भ्यालेन्टाइन्स डे’ लेखेर पछाडि मायाको इमोजी राखेकी छन् ।