इजिप्टमा हुने ‘मिस इको’मा नेपालको प्रतिनिधित्व संस्कृति भट्टले गर्ने

...

काठमाडौँ । इजिप्टको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेशनल २०२५’ मा नेपालको प्रतिनिधित्व संस्कृति भट्टले गर्ने भएकी छन् । ग्रीन आर्ट मिडियाले भट्टलाई ‘मिस इको इन्टरनेशनल नेपाल २०२५’को ताजसहित प्रतियोगिताका लागि छनौट गरेको हो ।
द स्ट्रन्द लाउन्ज एण्ड बार, बतिसपुतलीमा शुक्रबार आयोजित एक कार्यक्रमका बीच ग्रीन आर्ट मिडियाले भट्टलाई प्रतियोगीको रुपमा सार्वजनिक गरेको हो । भट्टलाई कार्यक्रममा ‘मिस इको इन्टरनेशनल नेपाल २०२५’ ताज ‘मिस इको इन्टरनेशनल नेपाल २०२४, २०२२’ र २०१७ कि विजेता क्रमस फ्लाविया मर्हजन शोफिया भुजेल र रोनाली अमात्यले लगाइदिएका थिए ।

कार्यक्रममा ग्रीन आर्ट मिडियाका सिइयो प्रविन लाकौल, ग्रीन आर्टस मिडियाकी निर्देशक तथा ‘मिसेज युनिभर्स नेपाल २०१९’ अनिला श्रेष्ठ लगायतको कार्यक्रममा उपस्थिती थियो । ‘मिस इको इन्टरनेशनल २०२५’ आगामी अप्रिलमा इजिप्टमा आयोजना हुँदैछ । ६० बढी देशका इको सुन्दरीहरुको सहभागिता रहने प्रतियोगिताका लागि भट्ट नेपालको तर्फबाट एक्लो प्रतिनिधि हुन् । भट्टलाई प्रतियोगिताका लागि ग्रीन आर्ट मिडियाकी प्रवन्ध निर्देशक तथा अन्तर्राष्ट्रिय कोरियोग्राफर अनिला श्रेष्ठ र नेपालका प्रतिष्ठित व्यक्तिहरुबाट ग्रुमिङ गरिनेछ ।

कार्यक्रममा भट्टले मिस इको आफ्ना लागि एउटा राम्रो अवसर भएको बताइन् । उनले अवसर प्रदान गर्ने ग्रीन आर्ट मिडिया प्रति आभार ब्यक्त गरिन् । कार्यक्रममा उनले नेपालका कल्चरल, साँस्कृतिक र पर्यटकीय स्थानको समेत प्रचार गर्ने बताएकी थिइन् ।
ग्रीन आर्टस मिडियाकी अनिला श्रेष्ठ २०१५ देखि मिस इको इन्टरनेशनलको आधिकारिक नेपाल राष्ट्रिय निर्देशकको रुपमा चुनिएकी हुन् । मिडियाको सिइयोमा प्रविन लाकौल रहेका छन् ।

मिस इको इन्टरनेशनल एक प्रतिष्ठित अन्तर्राष्ट्रिय सुन्दरी प्रतियोगिता हो । जसको एल.टी.सि.पि. अर्गनाइजेशनले ब्युटी फर इको’ जागृत गर्दै टुरिजम् र वातावरणको विषयलाई मुख्य कार्यक्षेत्र बनाई इजिप्टबाट २०१५ देखि सुरु गरेको हो । यसको मुख्य उद्देश्य विश्वभरका पर्यावरण र संस्कृतिलाई अन्तर्राष्ट्रिय नेटवर्कमार्फत सूचना प्रवाह गर्ने रहेको छ ।