अभीनयमा फर्कने बाचा गर्दै अभीनेत्री जल शाह

...

काठमाडौँ ।  अभीनेत्री जल शाहले अब दुुई वर्षपछि अभीनयमा फर्कने बाचा गरेकी छिन्  । उनले विवाह गरेर अमेरीका भासिएको १७ वर्ष भईसकेको छ । उनले अमेरीकामा नै छोरी कलशलाई जन्म दिएकी हुन् । त्यसपछि उनले छोरीको भविस्य बनाउनको लागी आफ्नो फिल्मी करीयर नै दाउमा लगाईन् ।

यतिबेला उनी उनकी छोरी कलशसहित नेपाल आएकी छीन् । जल शाहाकी छोरी कलश नेपाल आएर शिक्षा फाउन्डेसन खोलेर समाजसेवामा ब्यस्त छीन् । र छोरी सहित नेपाल आउँदा जल शाहालाई दुई प्रश्नले हैरान बनाएको छ । तपाई कहिले कमब्याक गर्ने  ? र छोरी कलशलाई कहिले डेब्यु गराउने ?

यस प्रश्नमा उनी भन्छीन् अबको दुुई वर्षपछि मैले कमब्याक गर्ने पक्का छ । र छोरी कलश भने उनले जहिले यस क्षेत्रमा आउन मन गर्छिन् लगाव देखाउँछिन् मेरो भरपुर साथ रहनेछ ।