कुम्भमेलामा पुगिन् पूजा शर्मा

...

काठमाडौँ ।  यतिबेला अभिनेत्री शर्मा धर्म–कर्ममा लागेकी छिन् । उनी समय–समयमा विभिन्न देवि–देवताका तस्विरहरु शेयर गरिरहेकी हुन्छिन् भने अहिले उनी प्रयागराजमा जारी कुम्भमेलामा पुगेकी छिन् । उनी कुम्भ मेलामा आफ्ना प्रेमी युद्ध बानियाका साथ पुगेकी हुन् ।

१४४ वर्षपछि लाग्ने महाकुम्भ मेलामा पूजाभन्दा अगाडि विभिन्न नेपाली कलाकार पुगेर स्नान गरिसकेका छन् । अभिनेत्री नीता ढुगंना, अभिनेता हरिहर अधिकारी, मिस नेपाल मलिना जोशी लगायतले कुम्भ मेलामा पुगेर स्नान गरेको तस्विरहरु सामाजिक सञ्जालमा सेयर गरेका थिए ।

अभिनेत्री पूजा शर्मा अहिले फुर्सदमा छिन् । उनले अभिनेत्री रेखा थापासँग मिलेर फिल्म बनाउने खबर सार्वजनिक भएको छ । तर आधिकारीक रुपमा घोषणा भने भईसकेको छैन ।