‘ताण्डवम्’ को सेन्सर रोकियो

...

काठमाडौँ । यहि फागुन ९ गतेबाट रिलिज हुने तयारीमा रहेको नेपाल फिल्म ‘तान्डवम्’को सेन्सर रोकिएको छ । रिलिज हुन जम्मा २ दिन बाँकी हुँदा सेन्सर बोर्डले फिल्ममा हिंसात्मक दृश्य छन् यो पास गर्न मिल्दैन भन्दै सेन्सर रोकेको हो ।

सेन्सर रोकिएसँगै आज बुधबारलाई फिल्मको निर्माण टिमले आयोजना गरेको प्रिमियर शो समेत स्थगित गरिएको छ । फिल्म हेरेपछि सेन्सर बोर्डका सदस्यहरूले अत्याधिक हिंसात्मक दृश्य भएको भन्दै ती दृश्य काँटेर ल्याउन भनेको निर्देशक जुनिम गहतराजले जानकारी दिएका छन् । केही दृश्यहरु अत्याधिक हिंसात्मक भयो भन्दै सिनेमा सेन्सरमा रोकिएको छ ।

अब, ती दृश्यहरु काँटेपछि सिनेमाको जुन मर्म छ त्यो मर्छ । दृश्य काँटछाँट नगरी ‘एडल्ट सर्टिफिकेट’ दिनका लागि निर्माणपक्षले गरेको आग्रहलाई पनि सेन्सरमा अस्विकार गरिएको छ । त्यससँगै फिल्ममा रहेको ६ मिनेट लामो हिंसात्मक दृश्यलाई ३ मिनेटमा घटाउन निर्देशन दिएको निर्देशक जुनिम गहतराजले बताएका छन् ।