चलचित्र डायरीमा समावेश ‘पैसा न कौडी’ गीत सार्बजनिक

...

पुस, काठमाडौं । चलचित्र डायरीमा समावेश एक गीत सार्बजनिक गरीएको छ । नायिका रेखा थापाको खलपात्रको क्यारेक्टरलाई लिएर चर्चा चुलिएको छ । यस चलचित्रमा रेखा खलपात्रको रुपमा देखिएको छिन् । यसैले पनि दर्शकलाई उत्साहित बनाएको छ । यसै बिचमा चलचित्रले एक गीतको भिडियो सार्बजनिक गरेको छ । जसले दर्शकलाई अझै उत्साहित बनाएको छ । चलचित्रको टिजर र गीतको भिडियो सार्बजनिक भईसक्दा पनि अझै चलचित्रलाई सस्पेन्स मै राखिएको छ ।
daily-45584चलचित्रको कथा बस्तु सस्पेन्स भएपनि कलाकार र क्यारेक्टरको पनि सस्पेस खुलिसकेको छ । टिजरको चर्चा सेलाउन नपाउदै चलचित्रले अझ चर्चा बढोस भन्ने मनस्थितीले यो गीतको भिडियो सार्बजनिक गरेको अड्कल लगाउन सकिन्छ । ‘पैसा न कौडी’ बोलको गीतमा निखिल विश्वासको शब्द तथा संगीत छ भने रेश्मा पुनको स्वर छ । आइटम गीतमा चलचित्रका मुख्य कलाकारलाई फिचरिङ गरिएको छ ।

छुल्ठिम इन्टरटेन्मेन्ट र एयर क्रु प्रोडक्शनको संयुक्त ब्यानरमा निर्माण भएको यस चलचित्रमा रेखा थापा, छुल्ठिम गुरुङ र सन्नी सिंह मुख्य भूमिकामा रहेका छन् । अनिल योञ्जनको निर्देशनमा बनेको चलचित्रलाई शिवराम श्रेष्ठले खिचेका हुन् भने प्रविन श्रेष्ठले सम्पादन गरेका हुन् । सिनेमा आउदो चैत ११ गतेबाट रिलिज हुदैछ ।