आज गायक हेमन्त शर्माको जन्मदिन, आमा बुबालाई ढोगेर काठमाडौं फर्कदै

...

पुस, काठमाडौं । ‘मुल हौ भने रसाईदेऊ’, ‘माया त यस्तो होस’, ‘जालीमाया नगर्नु जालमा परिन्छ’ लगायतका दर्जनौं चर्चित गीतका गायक हेमन्त शर्माले आज आफ्नो जन्मदिन मनाउँदै छन् ।
Hemanta Sharma - Birth day special artist khabarचारदशक नाघिसकेका हेमन्त यतिखेर भैरहवास्थित आफ्ना बुबा आमालाई भेटेर काठमाडौं फर्कदै रहेको आर्टिस्ट खबरलाई जानकारी दिएका छन् । कार्यक्रमकै शिलशिलामा काठमाडौंबाट निस्किएको नौं दिन भइसकेको र जन्मदिनको दिन बिहानै आमाबुबालाई ढोकेर आर्शिवाद लिएर परिवार भेट्ना काठमाडौंको यात्रा शुरु गरेको बताएका हुन् ।

Hemanta Sharma - Birth day special artist khabar‘बिहानै जन्म दिने आमाको तस्बिरमा र कर्मदिने आमाको पाउमा ढोगे, अनि बुबाको पाउनमा ढोगेर साँझ सम्म श्रीमतीलाई भेट्न काठमाडौं पुग्ने अपेक्षाका साथ यात्रा शुरु गरीसकेको छु ।’ हेमन्तले आर्टिस्ट खबरसँग टेलिफोनमा कुरागर्दै भने ।

कतिबर्ष पुग्नुभयो भन्ने हाम्रो प्रश्नमा चारदशक पार गरीसकियो भन्ने उत्तर दिएका हेमन्तले नौं दिनको काठमाडौं बाहिरको बसाईमा चितवन, नवलपरासी, रुपन्देही र सुर्खेतका कार्यक्रमहरु सकेर काठमाडौं फर्किन लागेका हुन् । गतबर्ष काठमाडौंमै जन्मदिन मनाएका उनले यसबर्ष आमाबुबासँगै स्पेशल जन्मदिन भएको पनि बताए ।
Hemanta Sharma - Birth day special artist khabarहेमन्तका गाएका सयौं गीतहरु मध्ये ‘तिमी अर्कै घरको मान्छे’, ‘मुल हौ भने रसाईदेऊ’, ‘माया त यस्तो होस्’, ‘जालीमाया नगर्नु जालमा परीन्छ’, ‘अब त ढिलो भईसक्यो’, ‘बदनामै हुन्छु तिम्रो यादमा’ लगायतका गीतहरु अत्यधिक चर्चामा आएका गीतहरु हुन् ।