आजबाट हलमा तीन फिल्म

...

काठमाडौँ । बुधबार एकैदिन तीनवटा फिल्म प्रदर्शनमा आएका छन्। महाशिवरात्रि पर्वको अवसर पारेर लाज शरणम्, फेरि रेशम फिलिली र मायावी देशभरका हलमा रिलिज भएका हुन्। नेपालमा शुक्रबार फिल्म रिलिज गर्ने परम्परा रहे पनि यो साता पर्वको अवसर पार्दै बुधबारै रिलिज गरिएको हो।

अब भने सुस्ताएको व्यापार चलायमान हुने संकेत देखिएको छ। आज बुधबार रिलिज फिल्मले बजार चलायमान बनाउने देखिएको हो। अग्रिम बुकिङमा लाज शरणम् को कतिपय शो मंगलबार बेलुकै हाउसफुल भएका छन्। बुकिङ राम्रो हुँदा कतिपय मल्टिप्लेक्सले शो समेत थपेका छन्।

फेरि रेशम फिलिली र मायावीले प्रिमियरमा राम्रो प्रतिक्रिया पाएका छन्। यी फिल्मको व्यापार पनि राम्रो हुने अपेक्षा गरिएको छ।

 

mayabi

Pheri-Resham-Filili