
काठमाडौँ । महाशिवरात्रिको अवसर पारेर बुधबारबाट रिलिजमा आएको फिल्म हो ‘मायावी’ । बुधबार बिदाको दिनमा सुखद ओपनिङ गरेको फिल्मको कथालाई समेत दर्शकले मन पराएका छन् । तर, फिल्म ‘मायावी’ रिलिजको दिनबाटै टिकटकमा पाइरेसी भएको छ । फिल्मको महत्त्वपूर्ण दृश्य समेत टिकटकमा भाइरल छन् । जसले दर्शकको फिल्म प्रति उत्सुकतालाई कम गराउन सक्छ ।
टिकटकमा फिल्मको क्लाइमेक्स समेत खिचेर दर्शकले पोस्ट गरेपछि निर्माण पक्ष केही तनावमा पनि देखिएको छ । फिल्मका लेखक तथा निर्देशक दिवाकर भट्टराईले महत्त्वपूर्ण दृश्य खिचेर टिकटकमा नराखिदिन आग्रह गरेका छन् । उनले टिकटकमा आएको दृश्यको विषयमा निर्माता साइबर ब्युरोमा उजुरी दिने तयारी गरेको समेत जानकारी दिए ।
फिल्मको वर्ड अफ माउथ बलियो भएको भन्दै निर्माण युनिटे आगामी दिनमा व्यापार अझै बढ्ने विश्वास गरेको छ ।