५० आर्टिस्ट र्‍याम्पमा उत्रिने, सहभागि हुँदैछन् पुराना देखी नयाँसम्म

...

पुस, काठमाडौं । आउँदो पुस १४ गते काठमाडौंमा सेलिब्रेटी रनवे हुने भएको छ । सामाजिक गतिविधिमा सहयोग पुर्याउने उद्देश्य स्वरुप आयोजना गर्न गर्न लागिएको यस रनवेमा चलचित्र क्षेत्रका ५० भन्दा बढी आर्टिस्टहरुले सहभागिता जनाउँदैछन् ।

de-celebrety-runway-artist-khabarअभिनेत्री गौरी मल्ल र निर्माता पुनम गौतमको कम्पनी पुनम ईन्टरटेन्मेन्टले आयोजना गर्ने यस र्‍याम्पमाको उद्धेश्य १५ जना दृष्टीविहिनहरुको सामाजिक एवं आर्थिक स्तर बढाउँने रहेको बताइएको छ । उक्त शोमा भारतका चर्चित फ्याशन डिजाईनर विशाल कपुरको टिमले तयार पारेको पहिरनका साथ सेलिब्रेटीहरु र्‍याम्पमा उत्रिने कार्यक्रम संयोजक समिर धौगोडाले जानकारी दिएका छन् ।

दरबारमार्ग स्थित अन्नपूर्ण होटलमा हुने यस रनवेमा भुवन केसी, निखिल उप्रेती, कृष्ण मल्ल, दीपकराज गिरी, दिपा श्री निरौला, नाजिर हुसेन, बर्षा राउत, स्वेता खड्का, सञ्चिता लुईँटेल, श्रृष्टी श्रेष्ठ, सरोज खनाल, भुवन चन्द, चैत्य देवी, अनुभव रेग्मी, ऋचा शर्मा, धिरेन शाक्य, पुष्प खड्का, सुरक्षा पन्त लगायतका ४० जना चलचित्रका कलाकारहरु र १० जना नयाँ मोडलहरुको सहभागिता रहनेछ ।